Ratio Analysis(R.A) अनुपात विश्लेषण: Right Investment Decision गर्न Company को Financial Data कसरी analysis गर्ने?

Ratio  analysis ले company  को financial statement हरु लाई जाँच गर्ने र यसको liquidity (assets लाई cash मा convert गर्ने), profitability र operational ability कस्तो छ भनेर हेर्ने काम गर्छ। यो एक पुरै quantitative analysis हो भन्नाले यसमा numerical data हरु लाई analysis/विश्लेषण गरिन्छ। Ratio  analysis fundamental analysis को लागि उपयोगी हुन्छ। 
हामीले धेरै किसिमका ratio  analysis हरु पाउन सक्छौं जसले investor र business expert हरु लाई company  को stability र growth को निर्णय दिन सहयोग गर्छ। यो process ले company  को past performance बाट अहिले सम्मको report कस्तो छ त भनी evaluate गर्न र आफ्नो competitor र similar business सँग compare गर्न मद्दत गर्छ। 

Main Points: 

  • RA ले company को financial data हरु compare गरेर evaluation गर्छ। (profit, liquidity, efficiency) 
  • RA ले company को performance र past performance सँग र similar nature भएको sector सँग compare गर्छ। 
  • RA external parties हरु लाई पनि आवश्यक पर्छ, यसले risk सम्बन्धी criteria हरु देखाउँछ lender हरु लाई।
  • RA ले company को बारेमा useful information दिन्छ, अनि अन्य metrics हरु सँग जोड्दा जसले गर्दा company को health को image देखाउँछ। 
  • RA को example हरु: current ratio, debt to equity ratio, inventory turnover ratio, profit margin, आदि। 

How Ratio Analysis Works: 

Investor र analysts हरु ले RA use गरेर company को financial health र past र present को financial statement compare गर्छन्। For example, price per share र earning per share compare गरेर price to earning ratio निकाल्ने अनि performance indicator use गरेर company को value determine गर्छ। 

Ratio analysis गर्दा के-के गरिन्छ त? 

Data Collection 
Financial statement बाट data collect गर्ने (जस्तै balance sheet, income statement, र cash flow statement) 

Calculation of Ratios 
Collected data हरु बाट विभिन्न ratio  निकाल्ने जुन फरक-फरक categories मा पर्छ। 

  • Profitability Ratio: Company को profit generation ability measure गर्छ। (e.g. net profit margin, return on equity, gross profit margin) 
  • Liquidity Ratio: Short term/current liabilities तिर्न सक्ने ability देखाउँछ। (e.g. current ratio, quick ratio) 
  • Efficiency Ratio: Company ले कत्तिको प्रभावकारी रुपमा आफ्नो assets को use गरेको छ त भनेर measure गर्छ। (e.g. inventory turnover, assets turnover) 
  • Solvency Ratio: Company को long term financial stability जाँच गर्छ। (e.g. debt to equity ratio, interest coverage ratio) 

Comparison and Benchmarking 
Result past data, industry standard, र competitor हरु सँग compare गर्ने, performance कस्तो छ भनेर बुझ्ने। 

Interpretation 
Result ले के देखाउँछ company  को health बारेमा। For example, high debt to equity ratio  ले high financial risk जनाउँछ। 

Decision Making 
Result interpretation पछि company  को लागि राम्रो हुने various decision inform गर्न सकिन्छ, जस्तै investment बढाउने, credit थप्ने/नथप्ने, internal financial planning गर्ने। 

RA धेरैजसो investor हरु ले use गर्छन् तर company ले आफ्नो strategy बनाउन पनि RA को use गर्छ। 

Limitation of RA: 

  • RA ले quantitative result हरु मात्र ध्यान दिन्छ, qualitative result हरु हेर्दैन, जस्तै worldwide recession, human factor, political factor, environmental factor आदि। 
  • RA historical information मा base हुन्छ, नकि present मा। 
  • RA same size/type को firm सँग मात्र comparison गर्न मिल्छ। 

Types of RA: 

Financial ratio हरुको धेरै group हरु हुन्छन् जस मध्ये के यहाँ छ। Ratio को use गरेर तपाईँले company लाई different angle वा विस्तृत रुपमा हेर्न सक्नुहुन्छ र potential समस्याहरू पहिचान गर्न मद्दत गर्छ। 

1. Liquidity Ratios 

 Liquidity ratio ले companyले आफ्ना short-term loan/debt हरू तिर्न सक्ने क्षमतालाई measure गर्छन्। यो ratio ले company सँग भएका current assets हरूको आधारमा तिर्न सक्ने क्षमता देखाउँछ। मुख्य liquidity ratio हरू: 

1.1 Current Ratio:

यो ratio ले company को current asset र current liabilities हरूको अनुपात मापन गर्छ। 

Formula: Current Ratio = Current Assets / Current Liabilities 

  • Healthy Range: 1.5 to 2.0 

A ratio 1 भन्दा माथि हुनु भनेको companyसँग आफ्नो current liabilities तिर्नका लागि पर्याप्त current assets छन् भन्ने देखाउँछ, तर ratio धेरै high भएमा, company ले आफ्नो assets inefficiently प्रयोग गरिरहेको हुन सक्छ। 

1.2 Quick Ratio (or Acid-Test Ratio):

यो ratio ले company सँग current asset हरू (inventory बाहेक) द्वारा तिर्न सक्ने capacity measure गर्छ। 

Formula: Quick Ratio = (Current Assets − Inventory − Prepaid Expenses) / Current Liabilities 

  • Healthy Range: 1.0 or higher 

A quick ratio of 1.0 भनेको company ले आफ्नो short-term debt inventory नबेची पनि तिर्न सक्छ भन्ने देखाउँछ। 

1.3 Working Capital Ratio:

यो ratio ले current assets र current liabilitiesहरू बीचको फरक मापन गर्छ। 

Formula: Working Capital = Current Assets − Current Liabilities 

  • Healthy Range: Positive 

Positive working capital भनेको company ले आफ्नो short-term debt तिर्न सक्ने क्षमता देखाउँछ। 

2. Solvency Ratios  

Solvency ratios लाई financial leverage ratioहरू पनि भनिन्छ। यी ratioहरूले company को debt level लाई यसको assets, equity, र income सँग तुलना गर्छ। यसले companyले long-term debt र त्यसको interest तिर्ने क्षमतालाई मापन गर्छ। मुख्य solvency ratio हरू: 

2.1 Debt-Equity Ratio:

यो ratio ले company को total debt र shareholder equity बीचको अनुपात मापन गर्छ। 

Formula: Debt-Equity Ratio = Total Debt / Total Equity 

  • Healthy Range: 0.5 to 1.5 

A ratio 1 भन्दा कम हुनु भनेको companyले debt भन्दा बढी equity प्रयोग गरिरहेको छ, जुन सामान्यतया सुरक्षित मानिन्छ। 

2.2 Debt-Assets Ratio:

यो ratio ले company का assetहरूको आधारमा कति प्रतिशत debt छ भन्ने मापन गर्छ। 

Formula: Debt-Assets Ratio = Total Debt / Total Assets 

  • Healthy Range: Below 0.5 

A ratio 0.5 भन्दा कम हुनु राम्रो मानिन्छ, किनकि यसले कम risk देखाउँछ। 

2.3 Interest Coverage Ratio:

यो ratio ले company ले आफ्नो interest तिर्न कति सक्षम छ भनेर measure गर्छ। 

Formula: Interest Coverage Ratio = Earnings Before Interest and Taxes (EBIT) / Interest Expense 

  • Healthy Range: 3.0 or higher 

An interest coverage ratio of 3 or more राम्रो मानिन्छ, जसले company ले आफ्ना interest expenses सजिलै तिर्न सक्ने देखाउँछ। 

3. Profitability Ratios  

Profitability ratioले company ले आफ्नो operation बाट कत्तिको profit उत्पन्न गर्न सक्छ भनेर मापन गर्छ। यसले company को income र यसको खर्चहरूको तुलनामा कत्तिको नाफा कमाउँछ भन्ने देखाउँछ। मुख्य profitability ratio हरू 

3.1 Profit Margin Ratio:

Company ले गरेको salesमा कति percentage profit गर्छ भन्ने measure गर्छ। 

Formula: Profit Margin Ratio =Net Income / Revenue 

  • Healthy Range: यो ratio चाँहि company अनुसार फरक पर्न सक्छ, तर generally 10-20% for most industries 

A higher profit margin सधैँ सबै company हरूको लागि better हो, यो ratio चाँहि company अनुसार फरक पर्न सक्छ। For example, tech companies हरूको धेर margin हुन्छ retailer हरू भन्दा। 

3.2 Return on Assets (ROA): 

Company ले आफ्ना asset हरू प्रयोग गरेर कत्तिको profit कमाउँछ भन्ने measure गर्छ।

Formula: Return on Assets = Net Income / Total Assets 

  • Healthy Range: 5% to 10% 

A higher ROA indicates the company is efficiently using its assets to generate profits। 

3.3 Return on Equity (ROE): 

Company ले आफ्नो equity बाट कत्तिको profit कमाउँछ भन्ने measure गर्छ। 

Formula: Return on Equity = Net Income / Total Equity 

  • Healthy Range: 10% to 20% 

A higher ROE भनेको company ले राम्रो return दिइरहेको छ shareholders को equity मा। ROE 15% भन्दा माथि generally राम्रो considered हुन्छ। 

3.4 Gross Margin Ratio: 

Company को sales बाट COGS पछि कति percentage profit हुन्छ भन्ने measure गर्छ। 

Formula: Gross Margin Ratio = Gross Profit / Revenue 

  • Healthy Range: 40% or Above , Depend upon Industries

ठूलो gross margins shows company ले आफ्ना operating expenses cover गरेर राम्रो फाइदा generate गर्न सक्छ भन्ने देखाउँछ। 

4. Efficiency Ratios: 

Efficiency ratios ले company ले आफ्ना asset र liabilities हरूलाई कत्तिको प्रभावकारी रूपमा प्रयोग गरेर sales र profit उत्पन्न गर्छ भन्ने कुरा measure गर्छ। यी ratio हरूले company को operation को ability measure गर्छ। 

4.1 Turnover Ratio: 

Company ले आफ्नो asset कत्तिको छिटो घुमाउँछ भन्ने measure गर्छ। 

Formula: Turnover Ratio = Sales / Average Inventory 

  • Healthy Range: यो ratio चाँहि company/industry अनुसार फरक पर्न सक्छ, but higher is better। 

Higher turnover ratio shows company ले आफ्नो asset inventory efficiently use गरेर sales गरिरहेको देखाउँछ। 

4.2 Inventory Turnover Ratio: 

Company ले आफ्नो stock कत्तिको छिटो sales गर्छ भन्ने measure गर्छ। 

Formula: Inventory Turnover Ratio = Cost of Goods Sold (COGS) / Average Inventory 

  • Healthy Range: 5 to 10 (industry अनुसार फरक पर्न सक्छ)। 

Higher turnover भनेको inventory छिटो sales भइरहेको भनी देखाउँछ जुन राम्रो हो, तर कहिलेकाहीँ higher ratio ले stock मा कमी पनि जान सक्छ। 

4.3 Days Sales in Inventory: 

Company को stock कति दिनसम्म राखिएको छ भन्ने measure गर्छ। 

Formula: Days Sales in Inventory = 365 / Inventory Turnover Ratio 

  • Healthy Range: 30 to 90 days 

कम number of days आउनु राम्रो हो यसले company लाई आफ्नो inventory हरू छिटो sales भैरहेको देखाउँछ। तर यो पनि company अनुसार फरक पर्न सक्छ। 

5. Coverage Ratios: 

Coverage ratios ले company ले आफ्नो debt, liabilities हरू सम्बन्धी (जस्तै interest तिर्न) कत्तिको सजिलै पूरा गर्न सक्छ भन्ने measure गर्छ। 

5.1 Times Interest Earned Ratio: 

Company ले कति पटक interest तिर्न सक्छ भन्ने measure गर्छ। 

Formula: Times Interest Earned Ratio = Earnings Before Interest and Taxes (EBIT) / Interest Expense 

  • Healthy Range: 3.0 to 6.0 

Higher ratio ले यो indicate गर्छ कि company को interest payment ability better छ। Ratio below 2 financial distress को sign हुन सक्छ। 

5.2 Debt-Service Coverage Ratio: 

Company ले आफ्नो total debt service तिर्ने capacity कत्तिको छ भन्ने measure गर्छ। 

Formula: Debt-Service Coverage Ratio = Net Operating Income / Total Debt Service 

  • Healthy Range: 1.5 or higher 

Ratio above 1.5 भनेको company सँग enough income छ, आफ्ना debt obligation हरू आराम संग तिर्नको लागि। 

6. Market Prospect Ratios: 

Market Prospect ratio हरू प्राय: investor हरूले company को future को प्रदर्शन र income को forecast गर्न प्रयोग गर्छन्। 

6.1 Dividend Yield: 

Company ले आफ्नो shareholder लाई कति dividend दिन्छ भन्ने measure गर्छ। 

Formula: Dividend Yield = Dividend per Share / Price per Share 

  • Healthy Range: 2% to 6% 

Higher yields income focused, investor हरूका लागि attractive हुन्छ। 

6.2 Price-to-Earnings (P/E) Ratio: 

Company को share को price लाई उसको प्रति share income संग compare गर्छ। 

Formula: Price-to-Earnings (P/E) Ratio = Price per Share / Earnings per Share (EPS) 

  • Healthy Range: 15 to 25 (varies by industry) 

कम P/E ले stock लाई undervalued गरिएको हुन सक्ने देखाउँछ, तर धेरै कम P/E ले internal समस्याहरू संकेत गर्न सक्छ। 

6.3 Earnings per Share (EPS): 

Company को total income लाई प्रति share मा कति profit हुन्छ भन्ने measure गर्छ। 

Formula: Earnings per Share (EPS) = Net Income / Number of Shares Outstanding 

  • Healthy Range: Increasing over time 

EPS को continuously increase हुनु positive indicator हो। 

6.4 Dividend Payout Ratio: 

Company ले आफ्नो income को कति percentage dividend को रूपमा वितरण गर्छ भन्ने measure गर्छ। 

Formula: Dividend Payout Ratio = Dividend per Share / Earnings per Share (EPS) 

  • Healthy Range: 30% to 50% 

Lower ratio ले देखाउँछ कि company ले profit बढाउन लगानी/ reinvestment गरिरहेको छ। 

Ratio analysis example

Ratio analysis को example को लागि, ध्यान दिनुहोस्: हामी दुईटा company को comparison गर्नेछौं Company A र Company B। संगैमा, हामी Company A को past performance संग पनि compare गर्छौं। 

Current Ratio (Liquidity Analysis): 

  • Company A को 2023 को current ratio 2.1 छ, जसको मतलब current assets current liabilities भन्दा 2.1 times छ। 
  • तर, Company A को 2022 मा current ratio 1.8 थियो, जुन अर्को competitor Company B को 2023 को current ratio 1.9 संग compare गरेर थोरै बढी छ। यसको मतलब Company A ले आफ्नो liquidity improve गरेको छ last year को तुलनामा र Company B संग competitiveness maintain गरेको छ। 

Debt-to-Equity Ratio (Solvency Analysis): 

  • Company A को debt-to-equity ratio 0.6 छ 2023 मा, जुन healthy माननमा राखिएको छ किनभने ratio 1 भन्दा तल छ। 
  • आफ्नो past performance हेरेर Company A को ratio 2022 मा 0.8 थियो, so company ले debt को reliance घटाएको देखिंदैन। 
  • Company B को ratio 2023 मा 0.5 छ, जुन Company A संग compare गरेर थोरै better solvency देखाउँछ, indicating Company B is slightly more financially stable। 

Profit Margin (Profitability Analysis): 

  • Company A को profit margin 2023 मा 15% छ, while 2022 मा 12% थियो। This indicates Company A ले आफ्नो profitability improve गरेको छ। 
  • Company B को profit margin 14% छ, जुन slightly कम छ Company A को 2023 को margin संग, तर comparable छ। 

यसरी ratio analysis ले Company A को past performance संग र Company B संग compare गरेर financial health, profitability, र solvency को comprehensive view दिन्छ। 

Note: यो एउटा कल्पनिक ratio analysis मात्र हो जुन हामीले तपाईहरुलाई बुझाउनको लागि मात्र बनाएको हो। Further यसको detail हामीले each topic भित्र राखिएको छ। 

Conclusion  

Ratio analysis (RA) एक important process हो जसले company को financial statements को आधारमा यसको liquidity, profitability, र operational efficiency को evaluation गर्छ। यसले investors र business experts हरु लाई company को financial health र stability को decision गर्न मद्दत पुर्याउँछ, जसले company को performance लाई past data र competitors संग तुcomparision गरेर measure गर्छ। RA ले external parties (जस्तै lenders) लाई पनि जोखिमको evaluation गर्न मद्दत गर्छ। विभिन्न ratios, जस्तै current ratio, debt to equity ratio, र profit margin, ले company को आर्थिक स्थिति clear गर्छन्। Although, RA मात्र quantitative data मा आधारित छ, र qualitative factors, जस्तै recession, human factors, political environment, आदिलाई ध्यानमा राख्दैन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal