IPO or FPO भर्न तपाईँलाई के के कुरा चाहिन्छ? हामीले तपाईंहरुलाई अघिल्लो Post मा भनिएका छौं। https://nepalstocklive.com/guide-to-know-about-nepse/
अब आज IPO or FPO कसरी भर्ने तपाईहरुलाई हामी serial wise भन्ने छौं
सबैभन्दा पहिला त तपाईँ आफ्नो mobile वा computer को Internet Browser मा गएर meroshare.cdsc.com.np या (https://meroshare.cdsc.com.np/#/login) या Meroshare मात्र type गर्नुहोस् र सबभन्दा पहिला आउने site मा click गर्नुहोस्।
यदि तपाईंसँग Mero Share को app छ भने तपाईंले app बाट Login गर्न सक्नुहुनेछ।
त्यसपछि तपाईँले कुन बैंकबाट DMAT र Mero Share account खोल्नुभएको छान्नुहोस्
त्यसपछि तपाईँलाई बैंकले User Name र Password provide गरेको हुन्छ। त्यो User Name र Password राखी login गर्नुहोस्। तपाईंले login गरिसकेपछि तपाईँले mobile बाट login गर्नुभएको भए तपाईंको screen मा left top corner मा menu icon मा click गर्नुहोस्।
त्यहाँ तपाईँले Dashboard, My Detail, My Share हरू जस्तै icon देख्न सक्नुहुन्छ। त्यसमध्ये तपाईंले My ASBA मा click गर्नुहोला।
My ASBA मा click गर्नुभएपछि तपाईँले apply for issue, current issue Application report र Old application report देख्न सक्नुहुन्छ।
त्यसमध्ये तपाईँले Apply for Issue मा नयाँ आएको IPO वा FPO apply गर्न option पाउनुहुन्छ र apply मा click गर्नुहोला।
Apply मा click गरी सकेपछि तपाईँलाई त्यस company को नाम, कुनचाहिँ capital ले issue गरेको, कुन date देखि कहिलेसम्म IPO भर्न पाउने, Number of IPO issue, price of share र Minimum to maximum quantity तपाईँले भर्न सक्ने information हरु हुन्छ।
अझै तल जाँदा तपाईँले बैंक choose गर्नुपर्ने हुन्छ। बैंक choose गरिसकेपछि account number choose गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले कति कित्ता apply गर्ने हो त नि त्यो number तपाईले राख्नुपर्ने हुनेछ। तपाईँले number of share 10 देखि company ले limit दिएको सम्म भर्न सक्नुहुन्छ।
Note: तर IPO वा FPO apply गर्न application धेरै हुने हुँदा 10 कित्ता राख्दा ठिक हुन्छ।
त्यसपछि CRN number जुन तपाईँलाई बैंकले नै provide गर्ने गर्छ त्यो number त्यहाँ राख्नुहोला र त्यसपछि apply गर्दा तपाईँको apply गरिएको पैसा Block गरेर राख्नलाई एउटा declaration मा तपाईँले click गर्नुपर्ने छ र अन्तिममा proceed मा click गर्नु।
त्यसपछि तपाईंको Four Digit PIN No. राख्नुपर्नेछ। जुन तपाईँले Mero Share account खोल्दाखेरि नै राख्नुपर्ने हुन्छ। त्यस PIN number राख्नुभएपछि तपाईँहरूले Last मा apply मा click गरेसी हजुरको Application पुरा हुनेछ।
यस्तै informational news र tips हरूको लागि हामीलाई follow वा touch मा बस्नुहोला।
One thought on “Step-by-Step Guide for Beginners! IPO वा FPO कसरी भर्ने?”