यसलाई नेपालीमा वासलत भनेर चिनिन्छ।
यो वासलत भनेको कुनै पनि कम्पनीको Financial position मतलब कम्पनीको Asset र liabilities के कस्तो छ भनेर निर्धारण गर्ने Financial statement हो।
Balance sheet मा २ ओटा section हरु हुन्छ i.e. Asset, Liabilities साथै 3 ओटा components हरू हुन्छन्, जसमा Asset, liabilities, and equity पर्दछन्।
Balance sheet मा एउटा Accounting equation हुन्छ:
Assets=Liabilities+ Equity
Assets भनेको company को सम्पत्ति, हो। “यो व्यक्तिहरू वा organization हरूद्वारा स्वामित्वमा (having ownership of something)रहेको valuable resources हरू वा assets हरूलाई जनाउँछ।
Liabilities लाई नेपालीमा दायित्व वा loan भनिन्छ। यसले individual सँग वा organization सँग others लाई कति रकम तिर्नु पर्नेछ भन्ने indicate गर्दछ।
Equity भनेको shareholder’s अथवा owner’s हरुले कम्पनीमा invest गरेको रकम हो, त्यसैले त्यो रकम पछि owner’s /shareholders हरुलाई तिर्नु पर्छ। तिर्नु पर्ने रकम भएकाले equity, liabilities side मा add भएको हो।
Importance
- यसले company को financial health show गर्न help गर्छ।
- Company को liquidity र solvency (दीर्घकालीन financial healthको evaluation) check गर्न help गर्छ।
- यसले कस्तो company मा invest गर्ने decision provide गर्छ।
- यसले company को performance track गर्न help गर्छ।
- Company को management लाई decision गर्न support गर्छ।
Balance sheet कहाँ कहाँ use गर्न सकिन्छ
- Financial analysis: Financial analysis ले company को financial statement evaluate गरेर company को performance हरू थाहा पाउन्छ।
- Investment decisions: कुन company मा Investment गर्ने अनि कहाँ profit हुन्छ भन्ने knowledge हुन्छ।
- Performance tracking: Company मा time अनुसार कस्तो performance गरेको छ भन्ने बारे measure गर्नु हो।
- Credit evaluation: Companyले रिन तिर्ने क्षमता हेरेर credit determine गर्ने गर्छ ।
Balance Sheet Structure
Balance sheet
XYZ Company
Assets | Amount |
Current Asset | *** |
Non-Current Asset | *** |
Total Assets | *** |
Liabilities and Equity | Amount |
Liabilities | |
Current Liabilities | *** |
Non-Current Liabilities | *** |
Total Liabilities | *** |
Shareholders Equity | *** |
Total Liabilities and Equity | *** |
Balance sheet चाहिँ mainly annually बुझाउने गरिन्छ तर कम्पनीको Financial Position track गर्न चाहिँ धेरै जसो कम्पनीले Balance sheet monthly & quarterly मा पनि गरेका हुन्छन्।
Assets
कुनै पनि समानलाई बेच्दा बापत आउने पैसा हो। कुनै पनि सामानहरूको monetary value आउँछ भने त्यसलाई नै Assets भनिन्छ।
Assets को दुई types हुन्छन्:
I. Current Asset
कम्पनीका Assets जुन एक वर्षभित्र cash मा रुपान्तरण गर्न सकिन्छ भने त्यसलाई नै current Assets भनिन्छ।
Example: Bank ले Rastra Bank मा जम्मा गरिएको नगद, छोटो अवधिको लगानी (जस्तै Treasury bills) include हुन्छन् जुन सजिलै cash मा convert गर्न सकिन्छ।
II. Non-current Asset
Asset जुन एक वर्षभन्दा बढी समयको लागि cash मा convert सकिदैन अथवा लामो समयको लागि प्रयोगमा आउँछन्।
Example: बैंकको Non-current Assets मा furniture, Building, Machinery हरू include छन्, जुन bechna गाह्रो हुन्छ र money received गर्न long term लाग्छ।
Liabilities
Liabilities भनेको कम्पनीले अरुलाई तिर्नु पर्ने रकम हो।
Liabilities का दुई types हुन्छन्:
I. Current liabilities
कम्पनीले एक वर्ष भित्र तिर्नु पर्ने cash लाई नै current liabilities भनिन्छ।
Example: Deposit from customers पनि एउटा current liability हो किनभने customers ले Deposit गरेको पैसा पनि within 1 year मा फिर्ता दिनु पर्छ।
II. Non-current liabilities
कम्पनीले एक वर्षभन्दा बढी समयपछि तिर्नु पर्ने रकम नै non-current liabilities हो।
Example: बैंकको long term loan वा Bond हो किनकी यो एक वर्षभन्दा बढी समय पछी फिर्ता गर्न सकिन्छ, Commercial Bank हरुले केहि रकम नेपाल राष्ट्र बैंकबाट केहि वर्षको लागि लिन्छन र केहि समय पछि फेरि फिर्ता गर्नुपर्ने रकम नै non-current liabilities हो ।
Shareholder’s Equity
कम्पनी सुरू गर्दा केहि रकम लाग्छ अनि त्यो कम्पनीमा owner अथवा Investor ले invest गरेको रकम नै shareholder’s equity हो।
Total Asset बाट सबै debt and liabilities घटाएर रहेको रकम नै shareholders equity हो। बाकी रहेको रकमले कम्पनीको true value देखाउँछ, त्यसैले त्यस रकमलाई कम्पनीको आफ्नै सम्पत्ति पनि भनिन्छ।
Suppose बैंकमा सबै Asset र liabilities घटाएर आएको रकम नै equity हो।
Equity = Assets- Liabilities
How to read the balance sheet?
हामी सबैलाई Balance sheet important हुन्छ। Mainly shareholder लाई कुन कम्पनीको share किन्दा आफुलाई फाइदा हुन्छ भनेर हेर्न चाहन्छन्, त्यसैले हामीले कम्पनीको Balance sheet पढ्न पनि जान्नु पर्छ।
Balance sheet पढ्न केहि steps follow गर्नुपर्छ जस्तै:
- हामीले सुरुमा कम्पनीमा हुने Asset, liabilities, equity section बुझ्नुपर्छ।
- तेसपछी हामीले कुन section कता कता प्रयोग हुन्छ थाहा पाउनु पर्छ।
- र अन्तिममा Balance sheet मा Financial position analyze गर्न केहि key ratio पनि interpret गर्नुपर्छ। कम्पनीको liquidity & profitability measure गर्न यो ratio हरु प्रयोग गरिन्छ जस्तै:
3.1 Current ratio
यसले कुनै पनि कम्पनीको current asset र current liabilities को ratio पत्ता लगाउँछ। यसले एक वर्षभित्र एउटा firm ले कति ability meet गर्छ भन्ने measure गर्छ।
Current ratio = current asset/ current liabilities
Current ratio 2:1 ratio कोआधारमा गरिन्छ । यो भनेको company को current asset current liabilities भन्दा 2 times बढि छ भने good liquidity हुन्छ र short time मा आफ्नो जिम्मेवारी पुरा गर्छ। 2 भन्दा कम भए difficulties हरु आउँछ।
3.2 Quick ratio
Quick ratio भनेको Quick asset र current liabilities को ratio हो।Quick Asset मा current asset include हुन्छ भने inventory & Prepaid expenses exclude हुन्छ। यसले कुनै पनि कम्पनीको short term solvency measure गर्न help गर्छ। Account receivable ले यो ratio मा impact पार्छ, यदि Account receivable राम्रो भयो भने poor ratio हुँदा पनि राम्रो काम गर्छ तर यदि त्यहि Account receivable को quality राम्रो नभए good ratio मा पनि राम्रो काम गर्दैन।
Quick ratio =Quick asset/current liabilities
3.3 Debt-to-equity ratio
यसले companyको financial leverage evaluate गर्छ र company को risk level measure गर्छ।
Debt-to-equity ratio= total liabilities/shareholder’s equity
High debt to equity ratio भए companyले equity भन्दा debt धेरै लिएको छ बुझिन्छ जसले financial risk नि high हुन्छ vane low debt to equity ratio ले low debt प्रयोग गरेको छ जसका कारण financial risk पनि low हुन्छ।
3.4 Equity ratio
यसले company को कति proportion assets चाहिँ owners हरूले funding गरेको छ भन्ने थाहा हुन्छ ।
Equity ratio= total equity/ total assets
High equity ratio भए borrowed money भन्दा आफ्नो पैसा धेरै प्रयोग गरेको पाइन्छ भने low भए आफ्नो पैसा भन्दा ऋण धेरै प्रयोग गर्ने हो।
3.5 Debt ratio
यसले company को total assets को कति proportion debt प्रयोग गर्छ भन्ने हो।
Debt ratio= total liabilities/ total assets
High debt ratio भए company ले धेरै debt use गर्छ जसका कारण financial risk high हुन्छ।
Low debt ratio भए company ले less debt use गर्छ भन्छ जसले financial risk पनि low हुन्छ।
3.6 Working capital
Company लाई छोटो समयसम्म खर्चहरू तिरेको लागि available पैसा हो ।
Working capital= current assets- current liabilities
Positive working capital भए company ले सजिलै सँग छोटो समयमा bills तिर्छ
Negative working capital भए company ले छोटो समयमा bills हरु तिर्न कठिन हुन्छ
Pitfalls
- यसले कम्पनीको financial position को बारेमा मात्रै जानकारी दिन्छ।
- यसले एउटा liabilities र assets नहेरि total cost हेर्छ।
- Mainly कम्पनी वर्षको अन्तिममा Balance sheet पेश गर्छन् जसको कारणले season or month मा dynamic changes को बारेमा Information capture गर्दैन।
To mitigate the pitfall
- हामीले intangible assets को बारेमा पनि बुझ्नुपर्छ।
- Season अनुसार कम्पनीको assets र liabilities fluctuate हुन सक्छ, त्यसैले time to time मा balance sheet बनाउनुपर्छ।
Real life example
Sources: Nepal bank limited.(2024). Interim financial statement Chaitra End 2080
Example;
Company को Balance sheet Annually, Quarterly गर्ने भएकाले मैले चाहिँ 3rd Quarterly को Balance sheet लिइएको छ । यो चाहि Quarterly end 2080/81 को Balance sheet हो । यो Balance sheet मा Asset, liabilities गरि २ side छ भने equity side चाहि liabilities side मा Add गरिएको छ ।
Asset
NBL Bank मा 14Billion बराबरको cash रहेको छ।
बैंकले अघिल्लो वर्षको अन्त्यमा भन्दा अहिले थोरै जम्मा गरेका छन् साथै अन्य बैंकहरूमा नि केहि रकम जम्मा गरेका छन्।
Derivative financial instruments
Derivative भनेको Financial instruments हुन् जसको मुल्य अन्य आधारभूत सम्पत्तिहरू जस्तै interest rate, bond, stocks हो, NBL ले 35 Billion जति Derivative Financial instrument मा invest गरेको छ।
Trading Asset
Asset जुन छोटो अवधिमा बेचेर नाफा कमाउने उद्देश्यले किनेको सम्पति हो ।
Loan & Advance
NBL bank ले 6Billion जति loan अरु Financial institutions लाई provide गरेको छ। यसले customer’s हरुलाई पनि ऋण provide गरेको छ, जुन बैंकको मुख्य सम्पत्ति हो।
Investment securities
NBL ले 56Billion Bond, share हरुलाई लगानी गरेको छ।
Current tax assets
bank ले एक वर्षभित्र तिर्नुपर्ने कर रकममा 2Billion राखेको छ।
Investment property
Bank ले जग्गामा 2Billion लगानी गरेको छ।
Property & Equipment
बैंकले Bank को Building, furniture, machinery मा 13 Billion लगानी गरेको छ।
Goodwill and intangible Assets
Goodwill भनेको Bank को Brand को मुल्य हो जसले Bank को reputation provide गर्छ Intangible Assets भनेको Bank को Software र अरू non-physical Assets हो जसलाई Bank ले 23 Million allocate गरेको छ।
Deferred tax Asset
Future मा बैंकले gain गर्ने कर हो जसले Benefit पाउन सकिन्छ ।
Other Assets
8 Billion माथि उल्लेख नभएको Assets हरुलाई समावेश गरीएको छ।
पहिलो बर्ष हेरि total assets increase भएको छ
Liabilities
NBL ले अन्य बैंलाई 775.2 Million रकम तिर्नुपर्ने छ ।
Bank को Derivative Financial instrument 3.53 Billion रहेको छ।
Deposit from customer
261.48 Billion रहेको छ जुन पछि customer हरू लाई फिर्ता दिनु पर्छ ।
Within 1 year मा 94.35 Million रकम Bank ले तिर्नु पर्ने कर हो।
Bank को एक वर्षपछि तिर्नपर्ने कर 4.77 Billion रहेको छ।
Debt securities issued
Treasury Bill र अरु Debt लाई 4.39 Billion राखेको छ।
Total liabilities पनि पहिलाको Balance sheet को रकम भन्दा बढेको छ ।
Equity
Share capital
Shareholder’s हरुले बैंकमा लगानी गरेको रकम 14 Billion जति रहेको छ।
Retained Earnings
Retained earning भनेको Dividend पछि बैंकले राखेको profit हो तर NBL ले भने 1 Billion Loss bear गरेको छ।
Reserves
Reserves भनेको bank ले future needs अथवा केहि विशेष उद्देश्यका लागि राखेको fund हो । NBL बैंकले 22 Billion रकम छुट्टाएको छ।
Some calculation :
- Quick ratio= ( current assets- inventory)/current liabilities=0.88
It means company सँग छोटो अवधिसम्म debt तिर्ने पैसा छैन
- Current ratio= current assets/ current liabilities=0.88
यसले company कै छोटो समयको liabilities तिर्न समस्या हुन सक्छ
- Debt-to-equity ratio= total liabilities/shareholder’s equity= 7.71 times
Company संग equity भन्दा debt धेरै छ जसको कारण companyमा financial risk हुन्छ
- Equity ratio= total equity/ total assets =36.21B/315.49B=0.01
यसले companyko asset ko 1% equity मात्रै use गरेको छ र यसमा high leverage indicate हुन्छ र धेरै debt use गरेको हुन्छ
- Debt ratio= total liabilities/ total assets= (279.279B/315.488B)= 0.89
Company ले 89% debt को use गरेको छ
- Working capital= current assets- current liabilities=-32.48B
Negative working capital so यो Bank ले छोटो समयमा bill तिर्ना”कठिन हुन्छ
Note: यो चाहिँ एउटा example मात्र हो, balancesheet को कुनै एउटा मात्र best example हुँदैन।)
Note: यो केवल एउटा उदाहरण मात्र हो र यो financial statement मा एक quarter को मात्र data छ। त्यसैले यसका आधारमा companyको evaluation नगर्नु होला।
Conclusion
यो article मा Balance sheet को बारेमा, त्यसको components, purpose हरुको वर्णन गरिएको छ। Balance sheet को कारणले कम्पनीमा कसरी help गर्छ भन्ने लेखिएको छ। Asset र liabilities को कारणले पनि कम्पनीमा effect पर्न सक्छ भन्ने बारेमा पनि बुझ्न सकिन्छ। Balance sheet ले कम्पनीको financial position को बारेमा जानकारी दिन्छ, त्यसैले यसको कारणले shareholders लाई पनि helpful हुन्छ। Balance sheet मा financial position को ratio analyse गर्न पनि केहि ratio use गरिएको छ जस्तै Current ratio, Quick ratio, and so on जसको कारणले कम्पनीको कुन ratio कति छ भनेर थाहा पाउन सकिन्छ।