Income Statement लाई Profit and Loss Statement र Statement of Revenue and Expenses पनि भनिन्छ।
Income Statement व्यवसायको एक Important (महत्त्वपूर्ण) Financial Report हो। यसले Company को revenue, expenses, profit वा loss एउटा specific time (सिमित समय) भित्रको देखाउँछ, Specially, fiscal quarter वा yearly। यसले कसरी revenue बाट net income/ profit सम्म transfer हुन्छ त्यो देखाउँछ।
Revenue भनेको Company ले आफ्नो core (मुख्य) business activity बाट कमाएको Income हो। For Example, Bank को core business भनेको loan बाट आएको interest नै core activity हो।
Core business बाहेक पनि अरु activities बाट आएको र revenue बाट अरु खर्चहरू घटाएर आएको amount लाई Net Income भनिन्छ।
Note: नेपालको fiscal year (आर्थिक वर्ष) श्रावण १ बाट सुरु भएर असार ३१ मा अन्त्य हुन्छ। त्यसैले आर्थिक वर्ष २०८०-८१ जस्ता वर्षहरू हामीलाई देख्न सकिन्छ।
Main Points
- Income Statement एक financial report हो, जसले company को revenue, income, र expenses (खर्चहरू) एक specific time (सिमित समय) को देखाउँछ।
- Income Statement ले company को revenue (आम्दानी), expenses (खर्च), gain(नाफा) र losses (घाटा) देखाउँछ जसमा revenue बाट सुरु भएर net income/ profit मा end हुन्छ।
- Company हरूले use गर्ने अरु financial statements हरू Balance Sheet र Cash Flow Statement हुन्।
- Income Statement ले company को important information (महत्वपूर्ण जानकारी) हरू देखाउने गर्छ। जस्तै management को performance operation जुन अरु समान sector का company हरूसँग compare गर्न सकिन्छ।
- Income Statement single step र multiple step format मा हुन्छ।
Understanding Income Statement
- यो company को performance report हो।
- Specific time को income देखाउँछ, Usually quarterly वा yearly।
- Income Statement मा revenue बाट net income वा profit or loss सम्मका step हरू देखाउँछ।
- यसमा विशेष गरी ४ वटा main sections हुन्छन् (Revenue, Expenses, Gain र Losses)।
- Income Statement ले सबै sales देखाउँछ, cash र credit (उधारो) sales पनि।
Income Statement Structure
- Income Statement mainly २ formats (प्रकार) का हुन्छ: single step र multiple step
I. Single Step Income Statement:
यस Income Statement मा simple calculation गरिन्छ जसमा revenue र gain जोडिन्छ र expenses र losses घटाइन्छ।
Net Income: (Revenue + Gain)- (Expenses + Losses)
II. Multiple-Step Income Statement
- यो format detailed financial report हो जसले company को expenses र revenue छुट्टाछुट्टै देखाउँछ र financial performance को analysis गर्न मद्दत गर्छ।
- यसको stages हरू Gross Profit, Operating Income, Pre-Tax, र After-Tax हुन्।
- यो details मा each stage मा income र expenses को analysis गरिन्छ।
For Example:
यदि Gross Profit high छ तर Operating Income थोरै छ भने, Operating Expenses धेरै छ भन्ने बुझ्न सकिन्छ। यदि profit before tax (tax अघिको नाफा) र profit after tax (tax पछिको नाफा) मा धेरै फरक छ भने, tax धेरै छ भन्ने बुझ्न सकिन्छ।
Income Statement
For Year Ended Ashad 31st 2080
Particular | Amount |
Revenue/ Sales | **** |
Cost of Goods Sold(COGS) | **** |
Gross profit | **** |
Less: Total operating expenses | **** |
Operating Income | **** |
Add: Non-operating Income | **** |
Add: Gains | **** |
Less: Losses | **** |
Earning Before Interest and Tax (EBIT) | **** |
Less: Interest Expenses | **** |
Earning Before Tax(EBT) | **** |
Less: Tax | **** |
Net Income | **** |
Parts of Income Statement
Income Statement को format/ structure business, company, regulation अनुसार फरक हुन्छ। तर पनि केही important कुराहरू यहाँ mention गरिएको छ।
Revenue/ Sales:
Company ले आफ्नो मुख्य वा core कामबाट आएको कमाई। यदि company product manufacturing industry कि wholesaler वा distributor हो भने, त्यो product बेचेको पैसानै त्यस company को revenue/ sales हो।
त्यस्तै, यदि त्यो company service दिने खालको हो भने, जस्तै banks, school, hotels आदि, त्यसको fee, interest, service charges नै त्यस company को revenue हो।
Primary Activity Expenses (COGS):
त्यस्तो खर्च जुन operating revenue संग जोडिएको हुन्छ, core (मुख्य) काम गर्दा लागेको खर्च। COGS (Cost of Goods Sold) यसमा raw material को cost र wages वा labor charge for production हुन्छ, जुन सिधै company को core activity संग linked हुन्छ। यसमा core business को machinery हरूको depreciation expenses पनि पर्छ।
Gross Profit:
Revenue/ Sales बाट COGS घटाएर आएको बाँकी रहेको amount हो।
Operating Expenses:
यसमा goods र services को production मा लागेको खर्च राखिदैन वा नयाँ asset/ equipment पनि राखिदैन। यसमा day-to-day काम गर्दा लाग्ने खर्चहरू राखिन्छ। भन्नाले expenses like rent (भाडा), Electricity charge (बिजुली), salary, office supplies, marketing, र advertisement। यदि depreciation charge core activity को plant नभई अरुको हो भने operating expenses मै हुन्छ।
Operating Income:
Gross Profit बाट operating expenses घटाउँदा आउने amount नै operating income भनिन्छ।
Non-Operating Income:
यसलाई miscellaneous income (विविध आम्दानी) पनि भन्न सकिन्छ। Company को अर्को वा core (मुख्य) कामबाट नभई अरुबाट generate भएको income जस्तै:
- Bank मा जम्मा गरेको पैसाको interest।
- Business property को area rent बाट आएको पैसा।
- Royalty बाट आएको पैसा।
- Business place मा advertisement बाट आएको पैसा।
Gains:
यसमा long-term assets हरू बेच्दा आएको फाइदा record गरिन्छ। For example, company ले आफ्नो पुरानो vehicle बेच्दा आएको नाफा जुन depreciation price भन्दा धेरै आएको नाफानै gain हो।
Losses:
यसमा long-term assets हरू बेच्दा परेको घाटा राखिन्छ, कुनै unusual खर्च अनि legal काममा भएको खर्चहरू।
Earnings Before Interest and Tax (EBIT):
यो भनेको operating income पछि Non-Operating Income र gains जोडेर, losses घटाएपछि आउने amount हो।
Interest:
हामीलाई थाहा छ company ले operation हरूको लागि bank loan लिएको हुन्छ, त्यो loan amount को interest नै यहाँ record गरिन्छ।
Earnings Before Tax (EBT):
EBIT पछि interest तिरेर राखिएको पैसा नै EBT हो, जुन amount को हामीलाई government लाई tax तिर्न पर्छ। यदि यो amount negative वा घाटामा देखिएको छ भने, हामीलाई यो घाटा लागेको amount हामीलाई आउने वर्षको नाफामा घटाउन सकिन्छ र tax घटाउन सकिन्छ।
Tax:
EBT को amount मा सामान्यतया government policy अनुसार tax rate लगाएको हुन्छ। General business हरूलाई EBT को 25% हुन्छ भने bank, financial institution, telecommunication, internet service हरूलाई 30% हुन्छ।
Note: यो rate हरू समयसँग फरक हुन्छ र example मात्र हो।
Net Income/ Profit:
EBT पछि tax घटाउँदा आएको amount नै net income/ profit हो, जुन company को अन्तिम नाफा हो। जुन लगानीकर्ता हरूलाई महत्वपूर्ण हुन्छ।
Income Statement ले हेर्न सकिने ratio हरू येश प्रकारका छन्:
Gross Profit Margin (GPM): यो margin ले company को sales बाट cost of goods sold (COGS) पछि कस्तो profit कमाइ गर्न सक्छ भन्ने देखाउँछ। Generally, 40% भन्दा माथिको GPM ले company को product वा service को cost control राम्रो छ भन्ने देखाउँछ।
Operating Profit Margin (OPM): यो margin ले operating expenses हरू (SG&A expenses) पछि company ले कस्तो profit कमाउँछ भन्ने देखाउँछ। 20-30% को range मा OPM देखिएमा company को operational efficiency राम्रो छ भन्ने मानिन्छ।
Net Profit Margin (NPM): यो margin ले सबै expenses (including interest र taxes) पछि company को total profit देखाउँछ। 10-15% को NPM generally financial health राम्रो छ भन्ने signal हुन्छ।
यहाँ पनि, industry-specific benchmarks हरू हेर्ने कुरा र company को unique factors हरूलाई consider गर्न जरुरी छ।
Example of Income Statement
Source: Shivam Cement. (n.d.). 4th quarter financial statement FY 2079/80. Shivam Cement. Retrieved September 1, 2024, from https://shivamcement.com.np/assets/uploads/2a557-4th-quarter-financial-statement_fy079-80-4clmx50cm_200-cc-.pdf
माथि देखाइएको Income Statement Shivam Cement Ltd. ko ho. यो statement मा 4th quarter 2079-80, 3rd quarter 2079-80 र 4th quarter 2078-79 सम्म देखाइएको छ।
Company ले total revenue 7.75 billion र 36.59 million अरु income sources बाट कमाएको छ। Total income 8.12 billion छ।
Company को total expenses 7.18 billion छ, जसमा production सँग related Cost Of Sale चाँही 6.34 billion छ। Administration खर्च 204.91 million, sales र distribution 682.24 million, depreciation 493.1 million, र interest 96.68 million देखाइएको छ।
Company को total income मा सबै expenses घटाए पछि pre-tax वा EBT amount चाँही 302.57 million छ। Company ले तिर्नु पर्ने tax amount 21.51 million देखाएको छ र deferred tax भनेर 21.53 million देखाएको छ जुन negative देखाएको छ।
Note: कहिले काहीँ पुरानो बर्षमा भएको घाटा हरु को tax नाफा भएको बर्षमा घटाउन मिल्छ, जसले गर्दा tax benefit हरु पाउन सकिन्छ।
Company को net profit / losses 302.49 million देखाएको छ, जुन सबै expenses, interest, र tax amount घटाए पछि को हो। यो चाँही company को actual profit हो भन्न सकिन्छ।
Let’s do some calculation:
Gross Profit Margin: [(Total Income – COGS) / Total Income] * 100% = 21.92%
- 21.92% margin ले company ले 100 रुपैया को revenue निकाल्दा 21.92 पैसा को gross profit generate गर्छ। धेरै gross profit भन्नुको मतलब company ले आफ्नो production cost maintain गर्न सकेको देखाउँछ।
Operating Profit Margin: (Profit before tax / Total Income) * 100% = 3.73%
- 3.73% margin भन्नुको मतलब company ले 100 रुपैया को revenue generate गर्दा सबै expenses घटाए पछि company ले 3.73 पैसा operating profit निकाल्छ। थोरै operating profit भन्नाले धेरै operating expenses देखाउँछ।
Net Profit Margin: (Net profit / Total income) * 100% = 3.73%
- 3.73% margin भन्नुको मतलब company ले 100 रुपैया को revenue generate गर्दा सबै expenses र tax घटाए पछि company ले 3.73 पैसा net profit निकाल्छ। थोरै operating profit भन्नाले धेरै operating expenses देखाउँछ।
Overall:
माथि को report ले company को healthy gross profit देखाउँछ भने operating expenses र non-operating expenses हरु धेरै भएको देखाउँछ, जसले गर्दा net profit मा कमी देखाउँछ।
Note: यो केवल एउटा उदाहरण मात्र हो र यो financial statement मा एक quarter को मात्र data छ। त्यसैले यसका आधारमा companyको evaluation नगर्नु होला।
Conclusion
Income Statement भनेको एक important financial report हो, जसले company को specific समयको revenue, expenses, र net income वा profit/ loss देखाउँछ। यो statement ले company को financial performance को एक clear image दिन्छ, जसले investors र management लाई informed decision-making गर्न सहयोग पुर्याउँछ। यसले company को core business activity बाट आएको आम्दानी (revenue) र अन्य activities बाट आएको income बीचको फरक देखाउन मद्दत गर्छ। Income Statement का format हरू single step र multiple step मा हुन्छन्, जसले company को financial position लाई राम्रोसँग विश्लेषण गर्न सहयोग पुर्याउँछ।