Share भनेको कुनै पनि company को ownership को एक भाग हो । जसले shareholder’s लाई financial benefits provide गर्छ ।
Share market भनेको चाहि एक exchange mechanism हो ,
जसले investor हरुलाई public traded companies हरुको सेयर buy र sell गर्न help गर्छ ।
Share भनेको company को ownership हो भने share market भनेको चाहि share हरुको किनबेच हुने ठाउँ हो।
Sharemarket किन investor को लागि important छ?
1.Wealth creation (धन आर्जन)
Share market ले investor हरुलाई समयसँग आफ्नो wealth बढाउने अवसर दिन्छ, जहाँ उनीहरूले price growth वा dividend provide गर्ने company हरुमा invest गर्न सक्छन् ।
2.Ownership in companies
Investor हरुले share किनेर gain अथवा benefit पाउन सक्छन् । Investors हरूले growth र profitability को लागी share किन्ने गर्दछन।
3.Portfolio diversification(पोर्टफोलियो विविधीकरण)
यसले विभिन्न area र companyहरूमा Investment फैलाएर risk लाई management गर्न help गर्छ । यसले कुनै एक सम्पत्तिको poor performance reduce गर्छ र potential (संभावित) return increase गर्छ। Diversification ले investorलाई Different market trends र economic cycle मा सक्षम बनाउछ।
4.Liquidity
यसले asset हरूलाई quickly किनवेच गर्न अनुमति दिन्छ जसले price मा केही affect गर्दैन । High liquidity ले market changes मा छिटो responses गर्छ, transaction cost घटाँउछ र trading मा efficiency & flexibility बनाउँछ ।
NEPSE कसरी generate भयो?
Nepal को stock market को इतिहास 1937 मा Biratnagar jute mills र Nepal bank limited ले आफ्नो सेयरहरू issue गरेसँगै सुरु हुन्छ।
तर नेपालका लागि stock market संस्थागत रूपमा 1976 मा Securities Market Centre को स्थापना पछि मात्र विकसित भयो। पछि, यसलाई 1984 मा Securities Exchange Center (SEC) मा change गरियो। थप रूपमा, 1992 मा Enhanced Structural Adjustment Program (ESAP) अन्तर्गत SEC लाई Nepal stock exchange (NEPSE) मा change गरियो, जसको एक मात्र objective secondary market सेवाहरू establish गर्नु हो।
January 13, 1994 मा NEPSE ले ‘open outcry system ‘(Financial market मा trading गर्ने traditional method ) पेश गर्दै एक trading floor खोलेको थियो ।
जुन 2007 को August 24 मा ‘automated trading system’ द्वारा प्रतिस्थापित गरियो।
NEPSE नेपालमा एक मात्र secondary market हो, जुन 2006 को Securities Act अन्तर्गत सञ्चालन हुन्छ। यो 2008 को May महिनामा प्रारम्भिक रूपमा नाफा नलिने organization बाट नाफा खोज्ने organization मा change भएको हो।
NEPSE मा हालका development हरूमा 2008 को नोभेम्बर 2 देखि investors हरूलाई real समयको जानकारी प्रदान गर्ने व्यवस्था गरियो।
2008 को जुन 4 देखि over the counter (OTC) बजारको परिचय समावेश छ ।
जसले de-listed गरिएका र NEPSE मा not listed सेयरहरूको व्यापारका लागि बजार प्रदान गर्दछ।
NEPSE को historical performance अनुसार, 1994 को mid-july देखि 2015 को mid july सम्म, listed कम्पनीहरूको संख्या र securities को संख्या दुवै 1994 मा 66 बाट 2015 मा 232 मा वृद्धि भएको छ। यसै समयमा, बजार capitalization ratio 13872 बाट 989404 Million मा वृद्धि भएको छ (NRB, 2017)।अहिले, NEPSE नेपालमा listed securities हरु किन्ने र बेच्ने एक मात्र ठाउँ हो। NEPSE को main objective भनेको government र private company securities हरुलाई सजिलैसंग किनबेच गर्न योग्य(capable) बनाउनु हो।
Nepal Stock Exchange(NEPSE) को trading hours प्रत्येक दिन निम्न अनुसार हुन्छ:
Trading hour:
(आइतबार देखि बिहीबार): बिहान ११:०० बजेदेखि ३:०० बजेसम्म
तर, सार्वजनिक बिदा र विशेष अवसरमा trading बन्द हुने गर्छ ।
विभिन्न देश अनुसार stock exchange different हुन्छ जस्तै :
- India मा BSE र NSE (National stock Exchange) (Bombay stock Exchange)
- America मा NYSE (New York stock Exchange) र NASDAQ
- London मा LSE (London stock Exchange)
August 2024, NEPSE मा 244 companies विभिन्न industry sectors जस्तै BFIs, Hydro-Power, Manufacturing, Life and Non-Life Insurance, Hotels and Tourism हरू listed छन्।
Primary Market and Secondary market
Primary market मा नयाँ share र Bond हरू first time sold गरेको हुन्छ। Primary market मा चाहि investors हरूले issuer बाट direct securities (share) किन्ने गछन्। Primary market मा Initial public offering(IPO) पर्छ।
Sharemarket primary मा मात्र नमई secondary पनि हुन्छ।
Secondary market मा चाहि investors हरूले किन बेच गर्ने गर्छन् । Secondary market चाहि Primary market पछि हुने गर्छ । यहाँ securities हरु investors हरुबिच traded (act of buying र selling) गर्नु हो । Simple भाषा मा secondary market भनेको primary market मा किनिएको securities हरुनै investors हरू बिच किनमेल गर्नु हो ।
यदि हुजुरहरू नया हुनुहुन्छ र IPO को बारेमा र IPO के कसरी भर्ने हजुरहरुलाई जानकारी छैन भने तल mention information पढ्नुहोस्।
IPO भनेको Initial Public Offering हो। IPO मा, कुनै पनि privately owned company ले आफ्नो share market मा listed (सूचीकृत) गर्छ। जसले ती share हरूलाई public रूपमा purchase का लागि available (उपलब्ध) गर्दछ।कुनै पनि company र government ले first time जारी गरेको securities निष्काशनलाई IPO भनिन्छ । यसमा चाहि company ले companyको growth र expansion को लागि public हरुलाई share बेचेर प्रथम पटक capital सङ्कलन गर्छन् ।
आजभोलि किन १० कित्ता मात्र IPO पर्छ ?
धेरै investor भएर प्रत्येक व्यक्ति हरुलाई IPO पर्छ भनेर ।
IPO भर्न के के गर्नु पर्छ ?
सुरुमा saving account हुनुपर्छ ।
Saving account को लागि
–Citizenship photocopy
–4 passport size photo
यदि saving account minor ले खोलेको छ भने साक्षी राख्न पर्छ र साक्षीको PP size Photo र citizenship को photocopy चाहिन्छ ।
Share भर्नाको लागि Demat account चाहिन्छ Demant Account भनेको किनेको share राख्ने ठाउँ हो। (यो चाहि Physical formमा हुदैन )।
Demat account कहाँ खोल्ने?
Bank बाट खोल्न नि सकिन्छ या Broker बाट खोल्न नि सकिन्छ।
Demat account को लागि के के चाहिन्छ ?
सुरुमा Mero share , Demat account र C-ASBA को form भर्न पर्छ । Form चाहि Bank मा गएर भर्न पर्छ ।
Mero share को form भोरेपछि चाहि mero share को ID र password चाहि g-mail मा आउँछ र त्यो आएको password हामीले change गर्न पर्छ।Password change गरेपछि Mero share को मा ID र password हालेर login गर्न सक्नु हुन्छ ।
Demat account Form भोर्य पछि bank ले केहि दिन मा Demat account number provide गर्छ।
C-ASBA form भोर्यपछि CRN number आउँछ। C-ASBA(online प्रणालि) ले चाहि bank मा भाको amount लाई रोक्का गर्छ । जस्तै हजुरहरुले 1000, 2000 को IPO भोर्नु भयो भने त्यो हजुरको bank account बाट hold हुन्छ यदि IPO पर्यो भने त्यो Amount काटिन्छ तर परेन भने चाहि आफ्नै account मा बस्छ।
अनि कुनै पनि IPO खोलेको छ कि नै भनेर थाहाँ पाउन हामीले news बाट नि थाहा पाउन सकिन्छ र mero share login गरेर my ASBA मा click गर्यो भने कुन कुन IPO हरु खुल्यो भन्ने थाहा हुन्छ। अनि त्यही बाट apply गर्न सकिन्छ।
Secondary market(NEPSE)
NEPSE बाट listed company ले IPO through public गर्छ र त्यो IPO share चाहि certain दिन मा NEPSE मा listed हुन्छ र price different हुन जान्छ। NEPSE मा listed भइसक्यसी मात्रै Buy र sell public मा सुरु हुन्छ। यसमा आएर बल्ल IPO मा परेको share लाई बेच्न सकिन्छ ।
Secondary market को लागि के के चाहिन्छ?
-Broker account/TMS account
Broker account खोल्न अनलाइन बाट नि form भर्ना सकिन्छ र हामी आफै पनि नजिकमा रहेको Broker house मा जानसक्छौँ।
Document के के चाहिन्छ?
–Citizenship
–Form
–Photo
–Demat confirmation
–Signature
Secondary market मा collateral(धितो)को necessary हुन्छ। Share market मा share किन्छौँ र यदि त्यो share किन्ने व्यक्ति चाहि contact मा आएन या पैसा तिरेन भने Broker ले यही collateral बाट पैसा तिर्छ । जति collateral गरिन्छ त्यति नै share कर्ताले share किन्न सक्छन्।
यदि तपाईंले 1 वर्षभित्र share बेच्नुभयो भने Nepal मा तपाईंको profit मा निम्न Capital Gains Tax लागू हुन्छ:
यदि तपाईंले 1 वर्षभन्दा कम समयको लागि शेयर राख्नुभयो र त्यसपछि बेच्नुभयो भने, तपाईंको नाफामा 7.5% Capital Gains Tax लाग्छ। शेयर १ 1वर्षभन्दा बढी राखेर बेच्नुभयो भने, त्यसमा 5% Capital Gains Tax लाग्छ।
यो नियम Nepal मा share transaction का लागि लागू हुन्छ।
2 thoughts on “Share Market मा नयाँ हुनुहुन्छ? नयाँ Investor का लागि Guide to Know About NEPSE: कसरी सुरु गर्ने र के के जान्नुपर्छ? ”