Financial analysis को केरा बुझ्नु अगाडि financial भन्नेको के हो त?
Financial ⇒ वित्तीय, आर्थिक, पैसा सम्बन्धि हुने कारोबार वा काम।
Financial use कहाँ हुन छ त?
Economic, Business, Money, Project, Investing, Budgeting हरुमा हुन्छ ।
Financial Analysis (वित्तीय विश्लेषण)
Financial analysis भनेको कुनै पनि business, project, budgets र finance related कामलाई मुल्यांकन (evaluate) गर्नु हो। जसले तेशको performance र suitability थाहा पाउन help गर्छ।
Usually financial analysis संस्था business project हरु stable छ की छैन profitable छ की छैन भनेर गरिन्छ जसले investing decision लिन मद्दत गर्छ।
Main Points
- Financial analysis internally conduct गर्यो भने future decision हरु लिन मद्दत गर्छ।
- Financial analysis externally गर्यो भने investor हरुलाई investing opportunities हरु choose गर्न मद्दत गर्छ।
- Financial analysis को मुख्य type हरु भनेको fundamental analysis र technical analysis हो।
- Fundamental analysis ले financial statement को data हरु use गरेर ratio निकाली company, product, stock हरुको true value निकाल्न सकिन्छ।
- Technical analysis ले company, stock हरुको value market को trend अनुसार assume गर्ने हो।
Financial analysis ले थाहा पाउन सकिने कुराहरु:
- Economic trend हरु थाहा पाउन।
- Financial policy हरु बनाउन।
- Company को long term plan हरु बनाउन।
- Investment opportunities हरु थाहा पाउन।
Sources of Financial Data
यो भने financial data र information बाट गरिन्छ जुन हामी financial statement हरुमा पाउन सक्छौं।
i.e.
1. Income Statement : “यो financial statement मा कुनै company को income, expenditure, र profit or loss देखाउँछ।”
2. Balance Sheet: “कुनै पनि company को Assets(सम्पत्ति), Liabilities (दायित्व), र shareholder equity (शेयरधनी पुँजी) कस्तो छ भनी देखाउने statement हो।”
3. Cash Flow Statement: “यस financial statement मा कुनै company को पैसा आएको वा गयको (cash inflow वा outflow) को form देखाउँछ, जसमा operating, investing, र financial activities बाट cash flow देखाउँछ।”
Financial analysis भनेको यी दुई क्षेत्रलाई explain गर्ने प्रक्रिया हो। Corporate Finance (भनेको कम्पनी भित्रैको management), Investing Finance (भनेको कम्पनी बाहिरका investor हरुको financial गतिविधि)
Financial analysis गर्न एकदम common तरीका भनेको financial data हरूको ratio calculate गर्नु नै हो(like profit margin, earning per share, return on asset)। जुन पुरानो आफ्नो financial statement र एउटै nature भएको अरू (जस्तै bank हो भने भनेको bank, production हो भने एउटै type को product) company को financial statement हरूसँग compare गरिन्छ।
For example: यदि कुनै company को revenue: Rs 1,000,000, operating expenses: Rs 600,000, net income: Rs 200,000 छ भने, profit margin = net income / total revenue * 100 = 200,000 / 1,000,000 * 100 = 20% हुन्छ।
20% margin भनेको company ले operating expenses पछि आफ्नो total revenue बाट 20% profit earn गर्छ।
यो margin company को profitability को measure हो, र industry standards सँग compare गरेर assess गर्न सकिन्छ। यसरी, financial analysis company को performance र suitability evaluate गर्न एकदम उपयोगी tool हो।
(Note: यो चाहिँ एउटा example मात्र हो, financial analysis को कुनै एउटा मात्र best example हुँदैन।)
Corporate Financial Analysis
Company मा गरिने internal accounting, जसले management लाई company को condition देखाउँछ। त्यसकै आधारले company को decision लिइन्छ। Internal analysis मा Net Present Value (NPV), Internal Rate of Return (IRR) जस्ता analysis हरू गरिन्छ। यसले project, budget, नयाँ business हरूमा लगानी गर्न मिल्ने/नमिल्ने देखाउँछ।
धेरै company हरूले आफ्नो customer हरूले नछोडून् भनेर credit system मा दिने गर्दछन्। जसलाई maintain गर्न company ले Days Sales Outstanding (DOS) calculate गर्छ। DOS ले company लाई कति समयसम्म credit sales लाई cash मा convert गर्न पर्छ भनेर बताउँछ।
Corporate Financial Analysis मा company को पुरानो performance, जस्तै net income, profit use गरेर future को performance estimate गरिन्छ। यस्तो trend analysis ले seasonal trend थाहा पाउन help गर्छ।
Example: सधैं नयाँ नेपाली आर्थिक वर्षको budget मा रक्सी चुरोटको tax rate बढेर आउँछ। जसले गर्दा wine shop हरूले नयाँ budget आउनुअघि नै stock राख्छन्।
Investment Financial Analysis
यस analysis मा investor हरूले company को analysis गर्छन्। Analysts हरू top-down या bottom-up approach use गर्छन्।
Top-down approach ले पूरै economy बाट जुन sector मा धेरै opportunities छन्, त्यो sector हेर्छ। त्यसपछि, त्यो sector को पनि कुन company राम्रो छ, त्यो choose गर्छ। अनि अन्तिममा investment गर्न opportunities छन् कि छैन भनेर fundamental analysis गर्छ।
Bottom-up approach ले कुनै एउटा company को detailed analysis गर्छ, जस्तै आर्थिक अवस्था, company का product र services, share market मा supply र demand। यो approach मा company को ratio analysis हरू गरिन्छ र त्यो analysis लाई past performance सँग compare गरेर future performance predict गर्छ।
यी दुवै approach ले investment opportunities देखाउँछन्।
Types of Financial Analysis:
Fundamental Analysis
यस analysis बाट financial statements हरू use गरेर ratio निकालिन्छ, जस्तै Earnings Per Share (EPS), Return on Equity (ROE), Debt to Equity (D/E) ratio check गरेर company को value determine गरिन्छ।
यो निकालेको company को value लाई investors हरूले current stock को market price सँग compare गर्छन्। Overvalue भएको छ भने stock मा invest गर्दैनन् तर undervalued भएको छ भने investment opportunity देखाउँछ।
Technical Analysis
यस analysis ले statistical trends हेरेर trading गर्छ (i.e., moving average, candlestick)। यसले market मा stock को price र volume use गरेर market predict गर्छ।
यो analysis धेरैजसो trading गर्नेहरूलाई target गर्छ। Technical Analysis ले market price र volume को movement, trends र patterns हेरेर future value predict गर्छ, न कि fundamental side check गर्छ।
थप अरू analysis हरू यस प्रकार छन्:
1. Ratio Analysis:
“कुनै पनि company को liquidation, leverage, र profitability कस्तो छ त भनी analysis गर्ने method हो जुन financial statement बाट थाहा हुन्छ। यसले company को financial status check गर्न सहयोग गर्छ।”
i. Leverage Ratio: “यस ratio बाट हामीले ऋणको (debt) equity र asset सँगको सम्बन्ध जाँच गर्छौं।”
ii. Liquidity Ratio: “यस ratio बाट हामीले company ले आफ्नो liabilities limited समय भित्र तिर्न सक्छ कि सक्दैन भन्ने क्षमता हेर्न मद्दत गर्छ।”
iii. Profitability Ratio: “यस ratio बाट हामीले company को income, asset, र equity सँग profit को तुलना गर्छौं र कत्तिको राम्रो छ भनी मूल्यांकन गर्छौं।”
2. Trend Analysis:
“कुनै पनि company को फरक फरक समय अवधि को financial data हरू तुलना गरेर trend बुझ्ने, जस्तै घट्दो profit वा बढ्दो sales।”
3. Comparative Analysis:
“कुनै पनि company को अघिल्लो वा २-३ बर्ष पुरानो financial statement सँग नयाँ financial statement comparison गर्नु वा एउटै nature भएको company को financial statement हरू सँग comparison गर्ने तरिका हो। यसले company को कुन part मा problem वा कुन part राम्रो भएको छ त भनी हेर्न बुझ्न सहयोग गर्छ।”
4. Cash Flow Analysis:
“Company मा cash आउने र जाने तरिका जाँच गर्ने तरिका हो, जुन cash flow statement बाट थाहा पाउन सकिन्छ। यसले हामीलाई कुन sector मा धेरै खर्च भएको छ त भनी हेर्न सहयोग गर्छ।”
5. Qualitative Analysis:
“Financial statement हरूमा जुन data देखिँदैन, त्यो बाहेक अरू factor analysis गर्नु हो। जस्तै management, brand image, market, competition, economic condition अनि थप अरू।”
“Financial statement हरूमा जुन data देखिँदैन, त्यो बाहेक अरू factor analysis गर्नु हो। जस्तै management, brand image, market, competition, economic condition अनि थप अरू।”
For Example
Sources: Nepal Bank Limited. (2024). Interim financial statement Asar 2081 [PDF]. Retrieved September 4, 2024, from https://www.nepalbank.com.np/storage/financial-report/1722925937_Interim%20FS%20Asar%202081%20pdf.pdf
माथिको financial statement नेपाल बैंक लिमिटेडको quarter ending असार २०८१ को हो जसमा निम्न कुरा हरु देख्न सकिन्छ। यो रिपोर्टले बैंकमा assets को वृद्धि देखाउँछ र profit margin पनि राम्रो देखाउँछ।
Let’s calculate some ratios
Current Ratio (Current Asset/Current Liabilities):
CR: ३३९.४८ अर्ब/३०१.६३ अर्ब = १.१३
Debt to Equity Ratio (Total Liabilities / Total Equity):
D/E ratio: ३०१.६३ अर्ब / ३७.८५ अर्ब = ७.९७
Return on Assets (Net Profit / Total Assets) * १००%:
ROA: १.५३ अर्ब / ३३९.४८ अर्ब * १००% = ०.४५%
Return on Equity (Net Profit / Total Equity) * १००%:
ROE: १.५३ अर्ब / ३७.८५ अर्ब * १००% = ४.०४%
Quick ratio १.१३ ले companyलाई छोटो समयमा आफ्ना liabilities तिर्न सक्ने क्षमता देखाउँछ। जसले गर्दा हामीलाई companyको स्वास्थ्य राम्रो छ भन्ने बुझिन्छ।
D/E ratio ७.९७ ले उच्च financial risk देखाउँछ। D/E ratio जति थोरै भयो त्यति राम्रो हो।
ROA ०.४५% ले थोरै profitability देखाउँछ। ROA जति धेरै भयो त्यति राम्रो assets को utilization देखाउँछ।
ROE ४.०४% ले पनि थोरै profitability देखाउँछ। ROE पनि जति धेरै भयो त्यति राम्रो companyको management र profitability देखाउँछ।
Note: यो केवल एउटा उदाहरण मात्र हो र यो financial statement मा एक quarter को मात्र data छ। त्यसैले यसका आधारमा companyको evaluation नगर्नु होला।
Importance of Financial Analysis:
- Companyको financial स्थिति पत्ता लगाउन।
- Companyको investing decision गर्न।
- Financial risk मूल्यांकन गर्न।
- Companyको performance मूल्यांकन गर्न।
- यसले companyको strength र weakness हरु पत्ता लगाउन पनि मद्दत गर्दछ।
- Financial planning गर्न।
Conclusion
Financial analysis एकदमै important tool हो जसले business, project, investmentहरू को performance र suitability थाहा पाउन help गर्छ। Quick ratio, current ratio, debt to equity ratio, return on assetsहरू जस्ता financial ratios calculate गरेर management, investors, stakeholdersलाई companyको financial health, profitability, risk र investment opportunity हेर्न सकिन्छ। यस्तो analysisले internal management वा investorsलाई decision लिन help गर्छ र यसलाई economic trends बुझ्न, planning गर्न, investment opportunity थाहा पाउन जरुरी हुन्छ।
Financial Analysis को उपयोग कहाँ हुन्छ त?
Financial analysis को uses Economic trend evaluate गर्न, Financial policy बनाउन, Company को long term plan बनाउन, Investment opportunities थाहा पाउन। यसकाे मुख्य उपयोग हुने ठाउँहरू यस प्रकार छन्:
- Decision Making: Management ले financial analysis को आधारमा company को decision गर्न सक्छ (जस्तै investment, expansion वा expenses घटाउने)।
- Investment Evaluation: Investor हरूले company मा लगानी गर्न योग्य छ कि छैन भनेर (जस्तै profitability, financial health र risk को evaluation गरेर) निर्णय गर्न सक्छ।
- Loan Evaluation: Financial संस्थाहरू (जस्तै bank हरू) ले loan दिनुअघि company को financial analysis गर्छ (जस्तै company ले loan तिर्न सक्ने क्षमता evaluate गर्छ)।
- Financial Organization को Health Evaluation: Company को cash flow, profitability, debt र ratio हरूले company को स्वास्थ्यको बारेमा जानकारी दिन्छ।
- Budgeting र Project Planning: Financial analysis ले company को budget बनाउन र future project बनाउना madat गर्छ। यसमा past performance र present trend analysis गर्न important हुन्छ।
- Merger and Acquisition: Financial analysis ले company को true value, financial health र future opportunities evaluate गर्छ। जुन merger र acquisition मा company हरूलाई बुझ्न जरुरी हुन्छ।
- Economic Trend बुझ्न: Financial analysis ले economic growth वा crisis पहिला नै forecast गर्न मद्दत गर्छ। यसले financial policies र decision लिन मद्दत गर्छ।
Financial analysis ले company को present condition बुझी future plans and policies बनाउन र risk हरू थाहा पाउन important role खेल्छ।