Right stock छान्न Ready हुनुहुन्छ त? पहिला Company को Market Position बुझ्नुहोस्।

Market Position भनेको कुनै company ले आफ्नो competitive environment मा रहेको situation  वा position हो। यो company को प्रतिस्पर्धात्मक लाभ (competitive advantage), बजार हिस्सेदारी (market share), र consumer वा customer को नजरमा company को brand image लाई जनाउँछ। Company को market मा कस्तो position छ भनेर थाहा पाउँदा, investor हरूले company को भविष्यमा stability, growth capacity, र profit estimate गर्न सक्छन्। Market मा strong position भएका company हरूले competition मा survive गर्न र long-term मा success हुन great opportunity राख्छन्, जसले share price मा positive impact गर्छ। 

Market Position मा ध्यान दिनुपर्ने प्रमुख कुराहरू 

1. Competitive Advantage (प्रतिस्पर्धात्मक लाभ): 

Company सँग अरू competitor हरू भन्दा केही फरक र special product हरू हुनुपर्छ, जसले customer हरूलाई त्यो company को product वा service हरू choose गर्न attract गर्छ। competitive advantage भनेको technology, product quality, price determine, innovation, वा brand image हुन सक्छ। 

For Example, Samsung जस्तो company ले आफ्नो technology मा strong capture राखेर आफ्नो mobile phone लाई premium technology को रूपमा market मा strong position बनाएको छ। 

2. Market Share: 

कुनै company को market मा कति large share छ भनेर थाहा पाउँदा company को effect र market को situation बुझ्न सकिन्छ। ठूला market  share भएको company ले आफ्नो competitor हरूलाई पछाडि पार्न सफल हुन्छ र these indicate कि customer हरूमा company or product को माग धेरै छ। 

For Example, Nabil Bank जस्तै बैंकहरूले नेपाली market मा large share ओगटेको छ। यसको कारण high customer trust, quality service, र big branch network हो, जसले यसलाई market मा secure बनाएको छ। 

3. Brand Loyalty: 

यदि company ले customer हरूलाई long-term सम्म आफूसँग जोड्न सक्यो भने, त्यो company को brand को impact strong हुन्छ। Brand loyalty भनेको customer ले again and again उही company को product वा service  choose गर्नु हो। यसले company लाई competitor हरू भन्दा अगाडि राख्छ। 

जस्तै, Coca-Cola ले global रूपमा brand loyalty create गरेर आफ्नो market  position strong बनाएको छ। यो brand को नाम customer हरूमा deep impression छ, जसले गर्दा customer हरूले regularly त्यसैलाई रोज्छन्। 

4. Product Differentiation: 

Company को product हरू competitor हरूको भन्दा केही unique र special भएमा, त्यो company को market मा छुट्टै identity र position हुन्छ। Product differentiation ले customer हरूको need पूरा गर्न मद्दत गर्छ र price battel बाट जोगिन्छ, किनकि customer हरूले specific price को लागि product रोज्छन्। 

For Example, Apple को product differentiation हेर्न सकिन्छ। यसको iPhone र MacBook को design, user experience, र processor अरू competitor हरू भन्दा भिन्न छ, जसले यसको market position लाई strong बनाएको छ। 

5. Cost Leadership: 

जब कुनै company  आफ्नो competitor हरू भन्दा low cost मा product वा service  उपलब्ध गराउन सफल हुन्छ, यसले market मा आफ्नो strong position hold गर्न सक्छ। Customer हरू usually सस्तो price मा राम्रो quality खोज्छन्, र cost leadership भएको company ले competitor हरूलाई पछि पार्छ। 

जस्तै, Walmart ले low cost मा high production  गर्छ र sales गरेर market मा आफ्नो position strong बनाएको छ। यसको strategy  भनेको low price मा product provide गराउनु हो, जसले customer हरूलाई attract गर्छ। 

6. Economies of Scale: 

धेरै मात्रामा production गर्दा company ले per unit product cost घटाउन सक्छ। यसलाई economies of scale भनिन्छ। ठूला company हरू, जसले धेरै volume मा production गर्छन्, per unit cost कम गर्न able हुन्छन्, जसले गर्दा तिनीहरू market मा low price मा competition गर्न सक्छन्। 

For Example, Unilever जस्तो company ले ठूला मात्रामा consumable product  हरू production गरेर product cast लाई कम गरिरहेको हुन्छ, जसले competitive price  determine गर्न मद्दत गर्छ। 

Market Position ले share price मा कसरी impact गर्छ? 

1. Positive Impact: 

  • Stable Revenue and Profit Growth: जब कुनै company को market position strong हुन्छ, त्यसले लगातार stable revenue र profit growth गर्न मद्दत गर्छ। Investor हरूले यस्तो company मा trust गर्छन्, जसले गर्दा share को माग बढ्छ र price goes up। 
  • Brand Strength and Investor Confidence: जब company को brand strong हुन्छ र market मा एक stable position maintain राख्न सक्छ, investor हरू त्यस्तो company को share मा invest गर्न ready हुन्छन्। यसले market मा demand बढाउँछ र share price मा positive impact गर्छ। 
  • Competitive Moat: Company ले competition बाट secure ठाउँ बनाउँछ (competitive moat), जसले long-term सम्म company को dividend stable रहन्छ। यस्तो company मा investor हरू ready हुन्छन् र यसको share price growth हुन्छ। 

2. Negative Impact: 

  • Loss of Market Share: यदि company ले आफ्नो competitor हरूलाई आफ्नो market share गुमाउँछ भने, त्यसले revenue र profit मा कमी ल्याउँछ। यसले shareholder हरूमा uncertainty पैदा गर्छ र share को price घट्न सक्छ। 
  • Weak Product Differentiation: यदि कुनै company ले आफ्नो product वा service लाई राम्रोसँग competitor हरूको भन्दा फरक बनाउन सकेन भने, यसले competition मा weak देखिन्छ। यस्तो situation मा customer हरूले अरू company हरूलाई रोज्न सक्छन्, जसले गर्दा company को market position मा negative impact पर्छ र share price मा downfall आउन सक्छ। 

Example: Nabil Bank Limited Market Position Impact on Share Price 

Nabil Bank नेपालको banking sector मा strong market position भएको company  हो। यसको impressive market  positionले यसको share price लाई regular रूपमा उकालो लगाउन मद्दत गरेको छ। 

1. Competitive Advantage: 

  • Nabil Bank ले डिजिटल बैंकिङ, customer  service  र विभिन्न प्रकारका financial service  हरूमा अगाडि रहेको छ। यसले अन्य bank हरूको compare मा bank को competitive advantage लाई strong बनाएको छ। 
  • यस bank ले आफैँलाई नेपाली market मा top bank को रूपमा establish गरेको छ, जसको कारण market मा यसको stable position छ। 

2. Market Share: 

  • Nabil Bank को great market  share ले यसलाई नेपाली banking sector मा strong बनाएको छ। यसले धेरै branch हरू, ATM हरू, र digital banking service हरूको पहुँच (access) दिएर देशभरि आफ्नो impact बढाएको छ। यसको profit growth र customer हरूको high trust ले bank लाई market मा best बनाएको छ। 
  • यस bank को market share ले investor लाई secure feel गराउँछ, जसले गर्दा यसको share price मा stable growth भएको छ। 

3. Brand Loyalty: 

  • Nabil Bank को long-term stability, quality service , र customer हरू प्रति loyalty ले market मा यसको brand लाई strong बनाएको छ। यसको customer हरूको positive felling ले investor हरूलाई excited बनाउँछ, जसले shareको माग बढाउँछ। 

Conclusion 

कुनै company को Market Position उसको long-term success र share price को growth वा decline मा deciding role खेल्छ। Competitive advantage, market  share, brand loyalty, र product differentiation जस्ता कुराहरूले company लाई market मा छुट्टै identity दिन्छन्। Nabil Bank जस्तो company ले आफ्नो strong market  positionको कारण नेपाली banking sector मा lead position बनाएको छ, जसले गर्दा यसको share price  निरन्तर रूपमा बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal