Government Policies र Monetary Policies मा Changes आउँदा तपाईँको Investment लाई कसरी असर पार्छ?

Stock market मा Government Policy को Fiscal policy र Central Bank को Monetary Policy ले important role खेल्छ। यि दुई policy हरू अलग भए पनि, दुवैको effect share market मा direct and indirect रुपमा पर्छ।  

Government policies र central bank monetary policies ले stock market मा different way ले effect पार्छ। सरकारले कर घटाउँदा वा subsidies बढाउँदा special sector को shares मा increase आउँछ भने Central Bankको interest rates घट्दा बजारमा liquidity बढ्छ र overall market मा सुधार आउँछ। नेपालको NEPSE मा पनि यस्तै policy हरूको effect देख्न सकिन्छ, जहाँ banking, hydropower, र manufacturing sectors सरकार र Central Bankका policy हरूको effect ले direct effect पाउँछन्। 

A. Government Policies (सरकारी नीति हरू) 

सरकारले अपनाउने policies, जस्तै कर नीति (taxation), खर्च (fiscal policy), व्यापार policy हरू (trade policies), र सब्सिडी (subsidies) ले direct रुपमा stock market लाई effect गर्छ। सरकारको encouraging policy हरूले stock prices बढाउन सक्छ भने harsh policy हरूले share बजारमा downfall ल्याउन सक्छ। 

Fiscal policy भनेको सरकारको नीति हो जसले tax लगाउने र सरकारको खर्च (government spending) जस्ता economic decision हरूलाई regulate गर्छ। यसको objective economy मा वृद्धि (growth) गराउनु, unemployment कम गर्नु, inflation control गर्नु, र overall economic stability कायम गर्नु हो। 

Fiscal policy दुई प्रकारको हुन्छ: 

1. Expansionary Fiscal Policy:

यो तब implement गरिन्छ जब economy sluggish हुन्छ, demand कम हुन्छ, unemployment धेरै हुन्छ। यसमा सरकारले खर्च बढाउँछ (increase government spending) र tax घटाउँछ (decrease taxes) ताकि demand बढाएर growth लाई stimulate गर्न सकियोस्। 

2. Contractionary Fiscal Policy:

यो भने तब implement गरिन्छ जब inflation धेरै छ वा economy overheat भएको छ। यसमा सरकारले खर्च घटाउँछ (reduce government spending) र tax बढाउँछ (increase taxes) ताकि inflation control गरियोस्। 

नेपालमा पनि fiscal policy मार्फत government different development program हरूमा expenses गर्छ र revenue जुटाउनका लागि tax policies fixed गर्छ। 

 Fiscal policy को main components हरू यस प्रकार छन्: 

  1. Government Spending (सरकारी खर्च) 
  1. Taxation (कर नीति) 
  1. Grands and Subsidies Support (अनुदान र सहुलियत समर्थन) 

1. Government Spending (सरकारी खर्च) 

जब सरकारले कुनै specific sector मा धेरै खर्च गर्छ, त्यसले त्यहाँको economic activity बढाउँछ। For Example, सरकारले infrastructure र hydropower sector मा लगानी गर्दा, त्यसले construction companies, cement producers, र energy companies को demand बढाउँछ। यसले गर्दा ती company हरूको profit बढ्छ, जसले share market मा तिनको stock price मा positive effect गर्छ। 

Example in Nepali Share Market: 

  • Hydropower Sector: नेपाल सरकारले hydropower मा ठूलो रकम खर्च गर्दै आएको छ। जब Upper Tamakoshi जस्ता ठूला projects मा सरकारको खर्च बढ्छ, यसले hydropower companies का stock prices मा positive effect पार्छ। जस्तै, Butwal Power Company र Chilime Hydropower का shares मा राम्रो increase देखा पर्‍यो, किनकि तिनले future मा धेरै कमाई गर्ने आशा गरिएको थियो। 
  • Infrastructure Projects: सरकारले road construction, airport expansion, र railway projects मा खर्च गर्दा, यसले construction sector का company हरूमा demand बढाउँछ। For Example, सरकारको ठूलो infrastructure projects मा खर्च गर्ने योजना आउँदा Shivam cement र Jagadamba steel जस्ता company हरूको stock मा positive effect पर्छ। 

2. Taxation (कर नीति) 

Taxation policy ले पनि नेपाली share market लाई effect पार्छ। जब सरकारले corporate tax घटाउँछ, company हरूको profit बढ्छ किनकि तिनले कम कर तिर्नु पर्छ। यसले गर्दा ति company हरूको share price मा increment आउँछ किनकि investors लाई तिनको profit margin बढ्ने आशा हुन्छ। 

Example in Nepali Share Market: 

  • Corporate Tax Reduction: नेपाल सरकारले केही specific sectors, जस्तै manufacturing र hydropower मा tax incentives दिँदा, तिनका stock prices मा positive effect देखिन्छ। For Example, hydropower sector लाई दिने केही tax holiday policies ले ति company हरूको profit margin बढायो, जसले Upper Tamakoshi, Sanima Mai Hydropower जस्ता company हरूको stock price मा सुधार ल्यायो। 
  • Dividend Taxation: जब सरकारले dividend distribution मा कर बढाउँछ, यसले investors लाई निराश बनाउँछ। २०२० मा, dividend distribution मा कर बढ्दा धेरै investors ले आफ्नो shares बेच्न थाले, जसले गर्दा केही company हरूको stock price मा downfall देखियो। 

3. Grands and Subsidies Support (अनुदान र सहुलियत समर्थन):  

Fiscal Policy मा Grants र Subsidies पनि important role खेल्छन्, र यी दुईले पनि नेपाली share market मा direct र indirect effect पुर्‍याउँछन्। Grants भनेको सरकारबाट specific projects वा sectors लाई दिइने economic aid हो, जुन फिर्ता गर्नुपर्दैन, जबकि Subsidies भनेको सरकारबाट specific sectors वा industry हरूलाई दिइने economic relief हो, जसले तिनीहरूको cost घटाउँछ र production मा सहयोग पुर्‍याउँछ। 

I. Grants (अनुदान) 

Government grants को objective specific projects लाई financial support दिनु हो, जुन प्रायः development projects, environmental initiatives, वा infrastructure मा हुने गर्छ। जब सरकारले कुनै specific sector लाई grants दिन्छ, त्यसले ती sector मा growth को आशा बढाउँछ, जसले ती sector का company हरूमा share price बढ्न सक्छ। 

Example in Nepali Share Market: 

  • Infrastructure Development Grants: सरकारले ग्रामीण sector को विकासका लागि different road construction र hydropower projects मा grants दिएपछि तिनले infrastructure मा आधारित company हरूको economic activity मा positive effect पुर्‍यायो। Butwal Power र Upper Tamakoshi जस्ता company हरूको share price मा positive effect देखा पर्‍यो। 

II. Subsidies (सहुलियत) 

Subsidies भनेको government बाट दिइने economic राहत हो, जुन normally production cost घटाउन, company हरूको competitiveness बढाउन, वा कुनै special sector लाई economic support दिनका लागि दिइन्छ। 

Example in Nepali Share Market: 

  • Hydropower Subsidies: 2020 पछि, सरकारले hydropower sector मा subsidies दियो। यसले गर्दा Upper Tamakoshi र Chilime Hydropower जस्ता company हरूले आफ्नो production cost घटाउन सके, जसले गर्दा तिनीहरूको profit margin मा increase भयो। Investors लाई future मा ती company हरूको राम्रो प्रदर्शनको आशा भएपछि तिनको share prices मा उल्लेखनीय increase देखा पर्‍यो। 
  • Industrial Sector Subsidies: COVID-19 pandemic पछि, सरकारले केही key industries मा राहत दिन subsidies प्रदान गर्‍यो, जस्तै textile, tourism, र small-scale industries। Himalayan Distillery जस्ता company हरूलाई दिएको economic राहतले गर्दा तिनका share prices लाई पनि सहयोग पुग्यो। 

Impact of Expansionary Fiscal Policy (प्रोत्साहनात्मक राजस्व नीति) 

यदि सरकारले encouraging fiscal policy अपनाउँछ, जस्तै infrastructure मा ठूलो खर्च गर्छ वा कर घटाउँछ, त्यसले following प्रकारले stock market मा positive effect पार्छ: 

  • Liquidity बढ्छ: Infrastructure र अन्य परियोजनाहरूमा सरकारले लगानी गर्दा बजारमा धेरै पैसा चल्छ, जसले stock market मा liquidity बढाउँछ। 
  • Sectors मा increase: सरकारको खर्च specific sectors मा जाँदा, ती sectors का company हरूको stock prices मा increase हुन्छ। 
  • Demand बढ्छ: सरकारको खर्चले economic growth बढाउँछ, जसले companies को production बढाउँछ र share price लाई positive effect पुर्याउँछ। 

Impact of Contractionary Fiscal Policy (कठोर राजस्व नीति) 

Conversely, जब सरकारले खर्च घटाउँछ वा कर बढाउँछ, stock market मा negative effect पर्छ: 

  • Liquidity घट्छ: जब सरकारले खर्च कम गर्छ वा कर बढाउँछ, बजारमा पैसा कम हुन्छ, जसले investors लाई निराश बनाउँछ। 
  • Company Profit घट्छ: कर बढ्दा companies को profit घट्छ, जसले गर्दा तिनको stock prices मा downfall आउँछ। 

Example in Nepali Share Market: 

Budget Deficit Control: जब सरकारले खर्च घटाउन सुरुवात गर्छ, जस्तै केही development projects रोक्नुपरेको परिस्थिति आउँछ, त्यसले infrastructure र construction sectors मा downfall ल्याउँछ। उदाहरणका लागि, सरकारले budget deficit बढ्दै गर्दा ठूला infrastructure projects रोकेपछि NEPSE मा यस sector का shares मा downfall देखा पर्न सक्छ। 

B. Central Bank Monetary Policy (Central Bank को मौद्रिक नीति) 

Central Bank, जस्तै नेपाल राष्ट्र Bank (NRB), monetary policy मार्फत interest rates, Money Supply (मुद्रा आपूर्ति), र inflation control गर्छ। यसले stock market मा liquidity कति हुन्छ भन्ने निर्धारण गर्छ। 

Key Policies: 

1. Interest Rates (ब्याज दर):  

Nepal Rastra Bank ले economy लाई बढावा दिनको लागि 2020 पछि interest rate कम गर्‍यो। यो कदमले banks लाई सस्तोमा loan दिन सजिलो बनायो। Interest rate घट्दा Bank हरूले businesses र individuals लाई loans कम interest मा दिन सक्छन्, जसले गर्दा बजारमा liquidity बढ्छ। 

Interest rates बढ्दा borrowing महँगो हुन्छ, जसले गर्दा company हरूको खर्च बढ्छ र profit घट्छ। यसले share prices मा downfall ल्याउँछ। Conversely, जब interest rates घट्छ, company हरूले सस्तोमा loan लिन सक्छन्, जसले expansion बढाउँछ र stock prices मा सुधार आउँछ। 

Example in Nepali Share Market: 

  • Commercial Banks को share prices मा remarkable increase भयो किनकि low interest rate ले गर्दा banks ले बढी loan दिन capable भए, जसले तिनीहरूको profit margins बढायो। 2020 पछि, Nabil Bank, Nepal Investment Bank, र Global IME Bank जस्ता banks का shares मा remarkable increase देखिएको थियो। 
  • Real Estate Sector मा पनि effect पर्‍यो किनभने low interest rate ले गर्दा घर किन्न चाहने व्यक्तिहरूले सस्तोमा loans लिन सके। यसले गर्दा Nepal Life Insurance, Nepal Bank, र Citizen Investment Trust (CIT) जस्ता company हरूले पनि राम्रो performance देखाए। 
  • 2021 मा नेपाल राष्ट्र Bank ले interest rate बढायो, जसले गर्दा NEPSE मा liquidity घट्यो र share price मा downfall आयो। खासगरी बैंकि sectors मा धेरै effect पर्‍यो किनभने high interest rates ले loans महँगो बनायो। 

2. Money Supply and Liquidity (मुद्रा आपूर्ति र तरलता):  

Nepal Rastra Bank ले 2020 पछि बजारमा liquidity बढाउन different उपायहरू लियो। NRB ले Statutory Liquidity Ratio (SLR) र Cash Reserve Ratio (CRR) मा cut-off गर्‍यो, जसले गर्दा banks हरूले बढी पैसा lending मा लगाउन सके। Liquidity बढ्दा banks हरूले share market मा invest गर्न र loan दिन सक्रिय role खेले, जसले market मा पैसा को flow बढायो। 

जब Central Bankले बजारमा धेरै पैसा पम्प गर्छ (money supply बढाउँछ), liquidity बढ्छ र investors share बजारमा धेरै पैसा invest गर्छन्। तर, जब liquidity घटाइन्छ, stock बजारमा demand घट्छ। 

Example in Nepali Share Market: 

  • Hydropower Sector मा लगानी बढ्यो किनभने बढी liquidity ले गर्दा hydropower projects को financing सजिलो बन्यो। Hydropower company हरू जस्तै Sanima Mai Hydropower, Butwal Power Company र Upper Tamakoshi Hydropower ले राम्रो performance देखाए। 
  • 2021 मा, Nepal Rastra Bank ले liquidity control गर्न monetary tightening गर्‍यो। यसको effectले banking sector का stocks, जस्तै Nabil Bank र NIC Asia Bank का share prices मा downfall आयो किनकि loan flow कम भयो। 

3. Inflation Control (महँगाई नियन्त्रण):  

Nepal Rastra Bank को monetary policy को अर्को important side भनेको inflation control गर्नु हो। यदि inflation धेरै बढ्यो भने central bank ले interest rate बढाउन सक्छ, जसले गर्दा share market मा investment घट्न सक्छ। Interest rate बढाउँदा company को खर्च बढ्छ, जसले share market लाई negative effect पार्छ। तर inflation control का उपायहरूले long-term रूपमा market लाई स्वस्थ राख्न सहयोग गर्छ। 

Example in Nepali Share Market: 

2021 को अन्त्य तिर inflation बढ्न थालेपछि NRB ले liquidity मा केहि कडाई गर्‍यो, जसले गर्दा financial sector मा related company हरूको growth केही समयका लागि slow भयो। तर inflation कम गर्नको लागि लिइएका step हरूले economy लाई long-term benifit पुर्‍यायो। 

4. Credit Facilities and Refinancing Schemes (ऋण सुविधाहरू र पुनःवित्तीय योजनाहरू) 

Monetary policy मार्फत, NRB ले different credit facilities र refinancing schemes पनि ल्याएको थियो। COVID-19 पछि, सरकारले SMEs (Small and Medium Enterprises) र tourism sector लाई target गरेर special refinancing schemes ल्यायो, जसले ती sector हरूमा liquidity बढायो। 

Example in Nepali Share Market: 

  • Tourism Sector: Tourism sector मा special refinancing schemes र loan holidays प्रदान गरियो। योले Soaltee Hotel, Chhaya Center, र अन्य tourism-related companies का share prices लाई स्थिर राख्न मद्दत गर्‍यो। 
  • SMEs Sector: SMEs को लागि refinancing schemes आएकोले SMEs हरूले आफ्नो operation sustain गर्न सक्षम भए। यसले गर्दा NIC Asia Bank, NMB Bank जस्ता SMEs मा heavily focused Bank हरूको performance मा positive effect पर्‍यो। 

5. Repo Rate र Open Market Operations (OMOs) 

NRB ले बजारमा liquidity को स्थिति अनुसार Repo Rate र Open Market Operations (OMOs) को प्रयोग गर्‍यो। 2020 पछि, liquidity बढाउन Repo Rate घटाइयो। Repo rate घटाउँदा, banks ले central bank बाट सस्तो ब्याजदरमा ऋण लिन सक्छन्, जसले बजारमा liquidity बढाउँछ। 

Example in Nepali Share Market: 

Repo Rate घट्दा commercial banks मा liquidity बृद्धि भयो। Banks ले सस्तो ब्याजदरमा loan लिन सकेपछि तिनले पनि businesses लाई सस्तोमा loan उपलब्ध गराए। यसले banks र different sectors मा आधारित company हरूका shares लाई फाइदा पुर्‍यायो। Nabil Bank र Nepal SBI Bank का shares ले यो समयमा राम्रो increase देखाए। 

Conclusion  

Fiscal policy, चाहे government expenditure होस् वा taxation policy, नेपाली share market लाई direct effect गर्छ। encouraging policy हरू ले stock market लाई माथि उठाउँछ भने harsh policy हरू ले downfall ल्याउँछ। उदाहरणका लागि, hydropower sector मा सरकारले लगानी गर्दा त्यसका shares मा increase आउँछ भने tax बढाउँदा profit margin घट्ने हुँदा बजारमा negative effect पर्छ। 

Monetary Policy भनेको Central Bank ले देशको economy लाई stable राख्न interest rates, money supply, र inflation management गर्ने policy हो। नेपालको monetary policy Nepal Rastra Bank (NRB) ले निर्धारण गर्छ। यो policy मुख्य रूपमा economy मा demand-supply को balance कायम राख्न, inflation नियन्त्रण गर्न, र financial stability सुनिश्चित गर्न प्रयोग गरिन्छ। Monetary policy ले interest rate, liquidity management, र bank credit जस्ता उपायहरूको प्रयोग गरेर share market मा पनि direct effect पुर्‍याउँछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal