Fundamental analysis भनेको company को financial statements र economy को situation लाई study गरेर security को intrinsic (True) value पत्ता लगाउने process हो। यो analysis ले company को real value कति छ भन्ने information दिन्छ, जसमा company को financial health, market condition, र economic indicators को समग्र study हुन्छ। Fundamental analysis को result ले एउटा investment को true value पत्ता लगाउँछ र investors ले त्यो information को आधारमा company मा लगानी गर्ने decision गर्न सक्छन्।
Fundamental Analysis भनेको कुनै business को सम्पूर्ण analysis गर्ने holistic approach (यसले individual part लाई हेर्नुभन्दा complete system लाई नै हेर्छ) हो। जब कुनै investor ले long-term (जस्तै 3 – 5 वर्ष) मा कुनै business मा invest गर्न चाहन्छ, तब त्यो business लाई various perspective बाट बुझ्नु एकदमै जरुरी हुन्छ। Investor ले stock prices को daily short-term fluctuation लाई ignore गरी underlying business performance मा focus गर्नुपर्छ। Long-term मा fundamentally strong company को stock prices बिस्तारै बढ्दै जान्छ, जसले गर्दा investors का लागि wealth creation हुन्छ।
Main Points:
- Fundamental analysis ले stock को intrinsic value determine गर्न मद्दत गर्छ।
- Fundamental analysts ले यस्तो stock खोज्छन् जुन आफ्नो real value भन्दा बढी वा कममा trading भइरहेको हुन्छ।
- यदि fair market value, market price भन्दा बढी छ भने, stock undervalued मानिन्छ, र buy गर्न सिफारिस गरिन्छ। यदि fair market value, market price भन्दा कम छ भने, stock overvalued हुन्छ, र sell गर्न सुझाव दिइन्छ।
- Technical analysts ले भने stock को historical price trend को study गरेर short-term trends predict गर्छन्।
Fundamental Analysis कसरी गर्छन्?
Fundamental analysis गर्दा, company को revenue growth, profitability, र competitive advantage को study गरिन्छ। साथै, economy को स्थिति र company को products र services को demand पनि हेर्ने गरिन्छ। यसबाहेक, management को efficiency कस्तो छ भन्ने पनि important हुन्छ। Skilled leadership team ले company को growth बढाउन र challenges face गर्न सक्छ, जसले company को value बढाउँछ।
Fundamental analysis गर्दा financial statements (income statement, balance sheet, cash flow statement) को study गरेर key ratios जस्तै EPS, P/E ratio, ROE, र debt-to-equity ratio निकालिन्छ। यी ratios ले company को financial health र intrinsic value पत्ता लगाउन मद्दत गर्छन्।
साथै, fundamental analysis गर्दा gross domestic product (GDP), inflation, unemployment rates, र industry trends पनि study गरिन्छ। यसले company market मा कति राम्रो गर्छ र future मा कति potential growth छ भन्ने कुरा देखाउँछ।
Importance of Fundamental Analysis:
Fundamental analysis ले investors लाई short-term fluctuations भन्दा पर गएर company को long-term performance र underlying factors को study गर्न सहयोग गर्छ। Financial statements बाट company को profitability, liquidity, र financial stability को बारेमा hard data पत्ता लगाउन सकिन्छ।
यसै गरी, company को sales growth, market share, र product को study गरेर भविष्यमा company कति growth गर्न सक्छ भन्ने अनुमान लगाउन सकिन्छ। Undervalued company हरू खोज्ने investors ले यो analysis को आधारमा सही लगानीको decision गर्न सक्छन्।
यसले overvalued stocks को पनि पहिचान गर्न मद्दत गर्छ र investors ले कमजोर प्रदर्शन गर्ने stocks बाट जोगिन सक्छन्, विशेष गरी market volatility वा economic uncertainty को समयमा।
Fundamental analysis ले long-term मा सही decision गर्न सहयोग गर्छ, जहाँ company को वास्तविक financial strength को आधारमा investment decision लिइन्छ।
Real Life Example
यदि तपाईँले 2019 मा Mobile Phone नकिनी कुनै Company (CIT, NTC, UNL, HDL) मा Rs. 20,000 invest गर्नुभएको भए, आजको अवस्थामा कस्तो return पाउनुहुन्थ्यो भनेर हेरौँ।
- Citizen Investment Trust (CIT):
Source: Nepse Alpha. (n.d.). Citizen Investment Trust (CIT) trading chart. Nepse Alpha. Retrieved September 24, 2024, from https://nepsealpha.com/trading/chart?symbol=CIT
• 2019 मा share price: Rs. 350-450
• Today’s share price on date 2024-Sep-25: Rs. 2,112
• Dividend: 20% bonus dividend
Estimation:
• 2019 मा Rs. 20,000 मा करिब 50 shares (average price Rs. 400 मानौँ) पाउनुहुन्थ्यो।
• Bonus dividend ले तपाईँका shares हरू लगातार बढ्दै जान्छन्। 2019 देखि 2024 सम्म करिब 4 वर्षको 20% bonus dividend ले तपाईँका shares हरू बढेर करिब 90 shares भइसकेको छ।
• हालको share price (Rs. 2,112) मा तपाईँको total value करिब Rs. 1,90,080 हुन्छ।
- Nepal Telecom (NTC):
Source: Nepse Alpha. (n.d.). Nepal Telecom (NTC) trading chart. Nepse Alpha. Retrieved September 24, 2024, from https://nepsealpha.com/trading/chart?symbol=NTC
• 2019 मा share price: Rs. 500-600
• Today’s share price on date 2024-Sep-25: Rs. 903
• Dividend: हरेक वर्ष 40% cash dividend
Estimation:
• 2019 मा Rs. 20,000 invest गरेको भए, करिब 36 shares (average price Rs. 550) पाउनुहुन्थ्यो।
• आजको price Rs. 903 मा तपाईँको total shares को value करिब Rs. 32,508 हुन्छ।
• Dividend मा हरेक वर्ष 40% cash dividend ले तपाईँले Rs. 1,440 yearly पाउनुहुन्थ्यो, यो 4 वर्षको करिब Rs. 5,760 हुन्थ्यो।
• Total value (shares + dividend) करिब Rs. 38,268 हुन्छ।
- Unilever Nepal (UNL):
Source: Nepse Alpha. (n.d.). Unilever Nepal (UNL) trading chart. Nepse Alpha. Retrieved September 24, 2024, from https://nepsealpha.com/trading/chart?symbol=UNL
• 2019 मा share price: Rs. 18,000
• Today’s share price on date 2024-Sep-25: Rs. 49,500
• Dividend: हरेक वर्ष 1,000% cash dividend
Estimation:
• 2019 मा Rs. 20,000 मा करिब 1.11 shares (लगभग 1 share) पाउनुहुन्थ्यो।
• आजको price Rs. 49,500 मा तपाईँको total value करिब Rs. 49,500 हुन्छ।
• हरेक वर्ष 1,000% cash dividend ले तपाईँले Rs. 4,000 (1 share को लागि, yearly Rs. 1,000 dividend) को लाभ 4 वर्षमा पाउनुहुन्थ्यो।
• Total value (shares + dividend) करिब Rs. 53,500।
- Himalayan Distillery (HDL):
Source: Nepse Alpha. (n.d.). Himalayan Distillery (HDL) trading chart. Nepse Alpha. Retrieved September 24, 2024, from https://nepsealpha.com/trading/chart?symbol=HDL
• 2019 मा share price: Rs. 200-230
• Today’s share price on date 2024-Sep-25: Rs. 1,238
• Dividend: 25% cash dividend, 50% bonus dividend
Estimation:
• 2019 मा Rs. 20,000 मा invest गरेको भए, करिब 95 shares (average price Rs. 215) पाउनुहुन्थ्यो।
• 50% bonus dividend ले तपाईँको shares हरू 4 वर्षमा करिब 190 shares भइसकेको छ।
• आजको price Rs. 1,238 मा तपाईँको total value करिब Rs. 2,35,220 हुन्छ।
• Cash dividend ले तपाईँले yearly करिब Rs. 9,500 पाउनुहुन्थ्यो (25%, yearly Rs. 2,375, 4 वर्षमा)।
• Total value (shares + dividend) करिब Rs. 2,44,720।
Note: माथि दिएको example fundamentally strong Company हरूको थियो। यो पाँच वर्ष अगाडिको data हो र लगानी गर्नु अघि company को fundamental analysis गरेर मात्र गर्नुहोला।
यसरी यदि तपाईँले fundamentally strong company हरू खोजेर लगानी गर्नुभएको भए चार वर्षको अवधिमा तपाईंको लगानी यस प्रकारले बढेर जाने देखिन्छ। Fundamental analysis भन्ने बित्तिकै हामीले Long-term investment भनेर बुझिन्छ जसले तपाईँलाई भविष्यमा राम्रो return र wealth creation गर्न सहयोग गर्छ।
Conclusion
Fundamental analysis भनेको company को financial statements र economic indicators को study गरेर security को intrinsic value पत्ता लगाउने process हो, जसले company को true financial health, market condition, र long-term performance को analysis गर्छ। यसले undervalued र overvalued stocks को identify गर्न मद्दत गर्छ, जहाँ investors ले सही investment decision गर्न सक्छन्। Fundamental analysis गर्दा company को revenue growth, profitability, competitive advantage, र management efficiency को साथै economy र industry trends को study गरिन्छ। Key financial ratios (जस्तै EPS, P/E ratio, ROE, debt-to-equity) को utilize गरेर company को financial health को measure गरिन्छ। यसले investors लाई long-term मा right investing decision गर्न सहयोग गर्छ, short-term fluctuations भन्दा company को real performance लाई importance दिने गर्छ।