Market Prospect Ratios: EPS, P/E Ratio, र Dividend को importance बुझेर, Right stock choose गर्नुहोस्!

Market prospect ratios धेरैजसो publicly traded companies को stock prices लाई अन्य financial measures जस्तै earnings र dividend rates संग तुलना गर्न प्रयोग गरिन्छ। यस्ता ratios ले investors लाई future dividends, earnings, वा stock value मा कस्तो वृद्धि हुन सक्छ भनेर estimate गर्न सहयोग गर्छ। Market prospect ratios investor हरूलाई future मा कति कमाई हुन सक्छ भनेर estimate गर्न मद्दत गर्छ। 

Main Points:  

  • Market prospect ratios le investor हरूलाई भविष्यमा कति कमाई गर्न सकिन्छ भनेर estimate लगाउन मद्दत गर्छ। 
  • यो earning चाहिँ, stock value बढेर या भविष्यमा dividends को रूपमा आउन सक्छ। 
  • Investor हरूले अहिलेको earnings र dividends लाई प्रयोग गरेर future मा possible stock price र कमाउन सकिने dividends को projection लगाउन सक्छन्। 
  • Market prospect ratios को माध्यमबाट भविष्यको investment return को estimate गर्न सजिलो हुन्छ। 

Earnings Per Share (EPS) 

Earnings Per Share (EPS) भनेको एक share ले कति income कमाउँछ भन्ने हो। यो भनेको यदि year को अन्त्यमा सबै profits लाई shareholders लाई बाँडियो भने, प्रति share कति पैसा आउँछ भन्ने कुरा हो। 

EPS formula: Net Income−Preferred Dividends/Weighed Average Common Shares Outstanding 

  • Healthy Range: Higher EPS is generally better, तर यो company को size र industry मा निर्भर हुन्छ। 

धेरै high EPS भएमा, company ले धेरै राम्रो कमाइरहेको देखाउँछ, र investors लाई आफ्नो investment बाट राम्रो return हुने सम्भावना हुन्छ। कम EPS भनेको company ले कम profit गरिरहेको छ, जुन investors का लागि नकारात्मक संकेत हुन सक्छ। 

Price-to-Earnings Ratio (P/E Ratio) 

Price-to-Earnings Ratio भनेको company’s stock price लाई उसको earnings per share (EPS) संग तुलना गर्ने ratio हो। P/E ratio ले investors लाई एउटा company कति महँगो वा सस्तो छ भनेर तुलना गर्न सहयोग गर्छ। 

P/E ratio formula: Market Value per Share/Earnings per Share (EPS) 

  • Healthy Range: Typically, a P/E ratio between 15 to 25 is considered healthy, depending on the industry. 

यदि P/E ratio high छ भने, company को stock महँगो छ भनेर बुझ्न सकिन्छ, जसको मतलब investors ले भविष्यमा राम्रो growth को आशा गरिरहेका छन्। Low P/E भनेको company सस्तो छ भनेर बुझ्न सकिन्छ, तर यो company को performance कमजोर छ भन्ने पनि हुन सक्छ। 

Dividend Payout Ratio 

Dividend Payout Ratio ले company ले आफ्नो कुल net income बाट कति हिस्सा dividends को रुपमा stockholders लाई तिर्‍यो भन्ने देखाउँछ। बाँकी पैसा retained earnings को रुपमा future growth का लागि राखिन्छ। 

Dividend Payout Ratio formula: Total Dividends/Net Income ​ 

  • Healthy Range: A ratio between 30% to 50% is considered healthy for most companies. 

धेरै high dividend payout ratio (जस्तै, 70% भन्दा माथि) भएमा, company ले आफ्नो धेरैजसो income shareholders लाई दिन्छ, जसको अर्थ future growth को लागि कम पैसा बचाइरहेको छ। धेरै low ratio भनेको company dividend कम दिरहेको छ तर growth को लागि धेरै पैसा retain गरिरहेको हो। 

Dividend Yield Ratio 

Dividend Yield Ratio ले company ले एक rupee लगानीबाट कति dividend generate गर्छ भन्ने देखाउँछ। यदि stock price बढेको छैन भने, dividend नै मुख्य return हो। 

Dividend Yield Ratio formula: Cash Dividends per Share/Market Value per Share ​ 

  • Healthy Range: Generally, 2% to 6% is considered a healthy dividend yield. 

High dividend yield (6% भन्दा बढी) भनेको company ले राम्रो dividend दिन्छ, तर यो sustainable छैन भने investors लाई risk हुन सक्छ। Low dividend yield (2% भन्दा कम) भनेको company ले कम dividend दिन्छ, तर यसले भन्न सक्छ कि company आफ्नै growth मा धेरै पैसा लगानी गरिरहेको छ। 

यसरी, यी ratios ले investors लाई companies को stock prices र future profitability को बारेमा insights दिन्छ। 

Real Life Example 

Shivam Cement. (2022). Annual report. Shivam Cement. (Retrieved September 19, 2024). https://shivamcement.com.np/assets/uploads/e928a-.-.-_-_compressed.pdf  

माथिको financial statement Shivam Cement Limited को financial year 78-79 ending असार 2079 को हो जसमा following कुराहरु देख्न सकिन्छ।  

  • Net Profit = NPR 737,087,125 
  • Equity Share Capital = NPR 4,400,000,000 
  • No preferred stock dividends 
  • Dividend = NPR 1,255,098,287 
  • Market Price Per Share = NPR 562 Assumed 

Earnings Per Share (EPS) 

EPS=Net Income - Dividends on Preferred Stock/Average Outstanding share 

  • Basic EPS = 16.75 (given) 
  • Diluted EPS = 16.75 (given) 

EPS भनेको company ले हरेक outstanding share बाट कति कमाइरहेको छ भनेर देखाउँछ। यहाँ Shivam Cements को प्रति share कमाइ NPR 16.75 छ, जुन राम्रो संख्या हो। EPS जति बढी हुन्छ, company ले शेयरधनीलाई त्यति नै राम्रो प्रतिफल दिने सम्भावना हुन्छ। 

Price-to-Earnings (P/E) Ratio 

P/E=Market Price Per Share/Earnings Per Share ​ 

Market Price Per Share= NPR 562 

EPS = 16.75 

Price-to-Earnings (P/E) Ratio= 33.55. 

यो ratio ले देखाउँछ कि लगानीकर्ताहरू company ले कमाएको हरेक NPR 1 को earnings मा NPR 33.55 तिर्न तयार छन्। P/E ratio high हुनु भनेको लगानीकर्ताहरूलाई भविष्यमा company ले राम्रो growth गर्न सक्छ भन्ने आशा छ। यसले लगानीकर्ताहरूको विश्वासलाई पनि देखाउँछ कि company को future earnings अझै बढ्ने छ। 

Dividend Yield 

Dividend Yield=Dividend Per Share/Market Price Per Share×100 

  • Dividend declared: NPR 1,255,098,287 (in the Cash Flow Statement). 
  • Shares outstanding = 440,000,000 (based on share capital of NPR 4.4 billion). 
  • Dividend Per Share = 1,255,098,287/440,000,000=2.85 
  • Market Price Per Share= NPR 562 Assumed 
  • Dividend Yield: 0.51% 

Dividend yield ले company को शेयरधनीहरूले आफ्नो investment बाट कति प्रतिफल पाउँछन् भनेर देखाउँछ। यहाँ, Shivam Cements को dividend yield मात्र 0.51% छ, जसको अर्थ यो हो कि यदि लगानीकर्ताले NPR 562 मा एक शेयर किन्यो भने, उसले 0.51% मात्र प्रतिफल dividend मा पाउनेछ, जुन निकै कम प्रतिफल हो। 

Normal हिसाबमा: 

  • लगानीकर्ताले प्रति शेयर NPR 562 तिरेको छ। 
  • प्रति शेयर dividend NPR 2.85 छ। 
  • यो dividend शेयर मूल्यको करिब 0.51% हो। 

सामान्यतया dividend yield जति धेरै हुन्छ, त्यति राम्रो income प्रदान गर्ने company मानिन्छ। Low dividend yield ले indicate गर्छ कि company growth-oriented हुन सक्छ, जहाँ earnings को धेरै हिस्सा भविष्यको expansion मा लगानी गरिन्छ। 

Dividend Payout Ratio 

Dividend Payout Ratio=Dividend/Net Income×100 

  • Net Income = NPR 737,087,125 

Dividend Payout Ratio=1,255,098,287/737,087,125×100≈170.2% 

यो ratio ले देखाउँछ कि company ले आफ्नो कमाइको 170% dividend मा तिरिरहेको छ। यो धेरै high छ, जसले company ले आफ्नो retained earnings वा बाहिरी financing बाट dividend दिइरहेको हुन सक्छ भन्ने देखाउँछ। सामान्यतया, यो sustainable long-term मा छैन, तर यसले लगानीकर्ताहरूलाई अहिले राम्रो dividend दिने संकेत गर्छ। 

Note: यो केवल एउटा उदाहरण मात्र हो र यो financial statement मा 2079 year को मात्र data छ। त्यसैले यसका आधारमा company को evaluation नगर्नु होला।

Conclusion  

Market prospect ratios जस्तै EPS, P/E ratio, dividend payout ratio, र dividend yield ratio हरूले company को stock price, earnings, र future profitability को बारेमा investors लाई महत्वपूर्ण जानकारी दिन्छन्। यी ratios ले investors लाई company को current performance, stock को value, र भविष्यमा potential returns को बारेमा अनुमान गर्न सहयोग गर्छन्। High EPS र reasonable P/E ratio generally company को राम्रो growth potential को संकेत हो, जबकि dividend payout र dividend yield ले company ले आफ्नो profit कसरी share गरिरहेको छ भन्ने देखाउँछ। Investors ले यी ratios को आधारमा आफ्नो investment decision गर्न सक्छन्, future मा राम्रो earnings वा dividends को सम्भावना हेरेर। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal