तपाईँहरूले सुन्नुभएको छ कि Restaurant, Bar, Hotel हरूमा तपाईँले तिर्नुभएको bill को 10% VAT तपाईहरुकै account मा फिर्ता हुने? आखिर कसरी कसरी काम गर्छ त यो VAT Return ले?
नेपाल सरकारले हालै नयाँ कानुन / नियम जारी गरेको छ जसमा customer कै account मा VAT amount 10% फिर्ता गरिदिने नियम बनाएको छ। यो नियममा customer हरुले Restaurant Bar Hotel र Lodge हरुमा electronic media हरुबाट payment गर्दा 10% VAT refund हुने भएको छ। Electronic medium हरू जस्तै mobile banking payment, Debit and credit card payment हरू, जहाँ customer को Bank एकाउन्टबाट गरिन्छ। यो digital payment देशको economy लाई cashless बनाउनुको लागि र digital system लाई promote गर्नलाई हो।
यो कानुनको मुख्य उद्देश्य भनेको Cash transaction हरू reduce गर्नलाई हो। जसले गर्दा transaction को transparency बढ्छ र साथै tax छली हरू कम गराउन हो।
Electronic payment को मद्दतले government ले financial flow हरू राम्रोसँग monitor गर्छ र Tax collection मा पनि वृद्धि हुन्छ। साथै यो कदमले world-wideचलिरहेको digital economy को सँग trend सँग मिल्छ जसले गर्दा financial transaction हरू अझ बलियो बनाउँछ।
यो उपायले सरकारलाई informal economy लाई नियन्त्रण गर्छ। जहाँ cash transaction हरू प्राय report हुँदैन र यसले गर्दा कर छली बढ्न जान्छ। यसले गर्दा कम्पनीहरूलाई आफ्नो payment system हरू modern तरिकाले गर्न र digital platform हरूमा ल्याउन encourage गर्छ।
नेपालमा electronic payment का लागि 10% VAT फिर्ता automatically customer को Bank account मा फिर्ता हुन्छ। Customer ले VAT return फाइल गर्नु आवश्यक पर्दैन। यो प्रक्रिया वास्तविक समयमै (on time) काम गर्छ। एकपटक electronic भुक्तानी भएपछि payment service provider हरुले 10% VAT direct customer को account मा transfer गर्दिन्छन् seller हरुले आफ्नो payment system मार्फत VAT फिर्ता गर्न आफै responsible हुनुपर्छ।
यो VAT Costumer लाई फिर्ता गर्दाखेरि सरकारलाई के फाइदा हुन्छ त?
- Cash dependency घटाउँछ: Cash transaction कम गरेर digital payment बढाउँछ, जसले गर्दा सरकारलाई financial transaction को recording गर्न सजिलो हुन्छ।
- Tax छल्ने प्रवृत्ति घटाउँछ: Cash transaction हरू प्राय record हुँदैनन्, जसले गर्दा tax छल्ने सम्भावना बढ्छ। Digital transaction ले यस्तो tax छल्ने काम रोक्छ।
- Financial transparency बढाउँछ: Digital payment ले सरकारलाई financial transaction को clear picture देखाउँछ र transparency प्रदान गर्छ।
- Tax संकलन वृद्धि हुन्छ: Digital payment को transaction बढेसँगै सबै transaction हरू track गर्न सजिलो हुन्छ, जसले गर्दा tax संकलन पनि बढ्न जान्छ।
- Modernization र technology adoption: Business हरूलाई digital payment मा जोडेर, सरकारले technology को प्रयोगलाई encourage गर्छ।
Terms and condition
- VAT मा register भएको र IRD बाट स्वीकृत electronic payment use गर्ने यस system मा आबद्ध हुन सक्नेछन्
- Debit Credit Card, QR Code, Mobile Banking जस्ता electronic payment हरु use गर्ने seller हरूले customer को Bank Account मा 10% VAT Return हुने व्यवस्था मिलाउनुपर्ने।
- सबै Bank तथा Financial Institution हरूले यस system कार्यवाहन गर्न सहजीकरण गर्नुपर्नेछ।
- Seller ले VAT Return हुने सूचना सार्वजनिक गर्नुपर्नेछ।
Source: Inland Revenue Department Nepal. (2024). Retrieved September 13, 2024, Electronic payment and billing system updates. https://ird.gov.np/public/pdf/1690108703.pdf
यो system customer हरूका लागि सहज हुनेगरी design गरिएको छ। जहाँ seller र payment system ले नै सबै आवश्यक transaction हरु handle गर्छन्।
Note: यो एउटा प्रस्तावित नियम मात्र हो। हालसम्म यसको उपयोग भएको छैन।
Soon full details about this law will be updated.
STAY WITH US.